सुनको भाउ पाँचसयले घट्यो, तोलाको ५१ हजार एकसयमा कारोबार, चाँदी पनि १५ रुपैयाँले सस्तो

बिजमाण्डू
२०७१ चैत्र १६ गते ००:०० | Mar 30, 2015
सुनको भाउ पाँचसयले घट्यो, तोलाको ५१ हजार एकसयमा कारोबार, चाँदी पनि १५ रुपैयाँले सस्तो

काठमाडौं । मंगलबार सुनको भाउ तोलाको पाँचसय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ५१ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको छ ।

Tata
GBIME
Nepal Life

आइतबार र सोमबार प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार भने केही सस्तिएको हो । सुनको भाउ सस्तो भए पनि कारोबार भने बढेको छैन ।

सुनको भाउ घटेको दिन चाँदीको भाउ पनि घटेको छ । मंगलबार चाँदी तोलाको सातसय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार र सोमबार चाँदी प्रतितोला सातसय २० रुपैयाँमा कारोबार भएको थियो ।