आईएलएफसिओ माइक्रोफाइनान्सको आइपिओ आजदेखि, सर्वसाधारणलाई चार लाख कित्ता सेयर

बिजमाण्डू
२०७१ चैत्र १७ गते ००:०० | Mar 31, 2015
आईएलएफसिओ माइक्रोफाइनान्सको आइपिओ आजदेखि, सर्वसाधारणलाई चार लाख कित्ता सेयर

काठमाडौं । आईएलएफसिओ माइक्रोफाइनान्स वित्तीय सस्था लिमिटेडले साधारण सेयर निष्काशन गरेको छ । यो माइक्रोफाइनान्सले सर्वसाधारणका लागि चार लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।

सर्वसाधारणको समूहमा रहेको चार लाख कित्ता मध्ये कर्मचारीलाई आठ हजार कित्ता र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ । साधारण सेयरको निष्काशन सिभिल क्यापिटल मार्केटले गरेको हो । मंगलबारदेखि खुल्ला भएको साधारण सेयरको आवेदन चैत २० गते शुत्रबार बन्द हुनेछ ।
 
यो सस्थाको चुक्ता पुँजी १० करोड रहेको छ । इन्टरनेशनल जिजिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडको सहायक कम्पनीका रुपमा यो माइक्रोफाइनान्स स्थापना भएको हो । इन्टरनेशनल जिजिङको यो सस्थामा ६० प्रतिसत अर्थात ६ करोड रुपैयाँ लगानी छ ।
सर्वसाधारण समूहका लागि चार करोड रुपैयाँ अर्थात ४० प्रतिसत छुट्याइएको हो ।

Tata
GBIME
Nepal Life

सेयर आवेदन फर्म इन्टरनेशनल जिजिङ एण्ड फाइनान्सका ९ वटा शाखा, सिभिल क्यापिटल, आईएलएफसिओ माइक्रोफाइनान्स , बागमति डेभलपमेन्ट बैंक शाखा कार्यालय हरिवन,सर्लाही र जनता बैंकको धनगढी शाखामा आवेदन दिन सकिने छ ।

यो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७१/७२मा ३७ लाख ३२ हजार रुपैयाँ र आर्थिक वर्ष २०७२/७३मा ५० लाख १६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण सर्वाजनिक गरिएको छ ।