नेपाल लाइफले अहिलेसम्मकै ठूलो मृत्यु दावी भुक्तानी गर्यो, ५६ लाख २० हजार रुपैयाँ भुक्तानी

बिजमाण्डू
२०७१ चैत्र १७ गते ००:०० | Mar 31, 2015
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५६ लाख २० हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले गोरखा स्थायी घर भएका स्व धनबहादुर श्रेष्ठकी श्रीमतीलाई यो रकम हस्तान्तरण गरेको हो । 

Tata
GBIME
Nepal Life

श्रीमती श्रेष्ठले कम्पनीले मृत्यूदावी भूक्तानी प्रक्रियालाई उच्च प्राथमिकतामा राखी अत्यन्त सहजरुपमा सम्पन्न गरेकोमा खुशी व्यक्त गरेकी छन् । 
 

मृत्यु दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले उषाकुमारी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । बीमितले बीमाङ्क ५० लाख रुपैयाँको बीमाशूल्क बापत वापत दुई किस्ताको जम्मा नौं लाख ७२ हजार २८० रुपैयाँ मात्र बुझाएका थिए । 

कम्पनीले बीमाङ्कमा आर्जित बोनस रकम ६ लाख २० हजार थप गरी ५६ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको हो । 

 
यो दावी भुक्तानी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हाल सम्मकै सर्वाधिक ठूलो रहेको जनाएको छ ।