प्रदीपजंग पाण्डेलाई रिहाइ गर्न महासंघको सरकारसँग आग्रह, पक्राउले लगानी वातावरण खल्वलियो

बिजमाण्डू
२०७१ चैत्र १७ गते ००:०० | Mar 31, 2015
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले आफ्ना अध्यक्ष प्रदीपजंग पाण्डेलाई रिहाइ गरी निजी क्षेत्रलाई आफ्नो कर्मपथमा निरन्तर लाग्ने वातावरण बनाइ दिन सरकारसँग माग गरेको छ ।
 
३२ वर्ष अघिको पञ्चायतकालिन मुद्दामा भएको फैसला कार्यान्वयन विषय उपर परेको मुद्दामा गत चैत्र ३ गते भएको आदेशपछि राज्य संयन्त्रबाट गरिएको व्यवहारबाट निजी क्षेत्र मर्माहत भएको भन्दै महासंघले पाण्डेलाई सम्मानजनक रुपमा रिहाइ गर्न सरकारसँग माग गरेको हो ।
 
महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– मुलुकभित्र उद्योग व्यवसाय स्थापना गरि राज्यलाई ठूलो मात्रामा राजस्व र रोजगारी दिइरहेका अध्यक्ष पाण्डेमाथि राज्यबाट भएको व्यवहारले सिंगो निजी क्षेत्र हतोत्साहित हुन पुगेको छ ।
 
 
पाण्डे तीन साताअघि भ्रस्टाचारको मुद्दामा पक्राउ परेका थिए । पाण्डे पक्राउपछि दुई ध्रुवमा वाँडिएको महासंघ नेतृत्वले मंगलबार आफ्ना अध्यक्ष रिहाइको माग गर्दै विज्ञप्ति जारी गरेको हो ।
 
‘राष्ट्रको अर्थतन्त्रमा ७२ प्रतिशत योगदान रहेकोे निजी क्षेत्रलाई नेतृत्व गरिरहेका व्यक्तित्वलाई हठात कठघरामा पुर¥याइएको अवस्थाले औद्योगिक व्यवसायको विकास र विस्तारमा प्रतिकुल असर परेको छ,’ महासंघले विज्ञप्तिमा भनेको छ, ‘पाण्डे पक्राउले अनुकुल वन्दै गएको लगानी वातावरणलाई समेत निरुत्साहित गरेको छ ।’

Tata
GBIME
Nepal Life

यो पनि पढ्नुस्:  
१. 
उद्योग वाणिज्य महासंघका अध्यक्ष पाण्डे निवासबाटै पक्राउ    

२. पक्राउ परेका महासंघ अध्यक्ष पाण्डे अस्पताल भर्ना, राजधानीमा पूर्व अध्यक्षको अनौपचारिक भेला  

३. अध्यक्ष पक्राउ परेको तीन दिनसम्म महासंघ अन्यौलमै, व्यक्तिगत ‘इगो’ले सस्थाकै भविष्य कमजोर 

४. नेपाल उद्योग वाणिज्य महासंघ सर्वसम्मत अध्यक्ष बनाउन पहल, चैत २७ र २८मा साधारणसभा