यस्तो छ फेसबुकको नयाँ मुख्यालय, तल गाडी पार्किङ छतमा पार्क, २८ सय कर्मचारी एउटै छानामुनि

बिजमाण्डू
२०७१ चैत्र १७ गते ००:०० | Mar 31, 2015
यस्तो छ फेसबुकको नयाँ मुख्यालय, तल गाडी पार्किङ छतमा पार्क, २८ सय कर्मचारी एउटै छानामुनि

काठमाडौं । फेसबुक क्यालिफोर्नियास्थित मेन्लो पार्कको नयाँ भवनमा आजदेखि सरेको छ। फेसबुकका सिइओ मार्क जुकरबर्गले मंगलबार कार्यालय सरेको बारे जानकारी दिँदै स्टायटस पोस्ट गरेका छन्। स्टाटससँगै एउटा फोटो पनि उनले राखेका छन्।

Tata
GBIME
Nepal Life

आकाशबाट खिचिएको फोटोमा नौ एकडको हरियालीसहितको पार्क देखिन्छ। त्यो भवनको छत हो। कार्यालय भने त्यसको मुनि छ। कार्यालयको मुनि पार्किङ रहेको छ।

जुकरबर्गका अनुसार यो विश्वकै सबैभन्दा ठूलो ओपन फ्लोर प्लान भएको भवन हो। यहाँ २ हजार ८ सय कर्मचारीहरु एउटै छतमुनि काम गर्छन्।   

प्रख्यात आर्किटेक्ट फ्रान्क गेरीले डिजाइन गरेको यो भवनलाई एमपिके२० कोड नाम दिइएको थियो। यसको पूर्ण स्वरुप मेन्लो पार्क बिल्डिङ २० हो। 

जुकरबर्ग आफैले यसको फोटो पोस्ट गर्नुअघि नै केही चर्चित इन्स्टाग्रामरहरुले कार्यालयभित्रका फोटोहरु पोस्ट गरेका थिए।