भिभिआइपी जहाजमा आउनु १५ मिनेट अघिदेखि अवतरण भएको १५ मिनेटसम्म नोटाम जारी गरिएको विमानस्थलस्थित टर्मिनल ड्युटी अफिसरले जानकारी दिएका छन् ।
उनका अनुसार बुधबार बिहान सवा ११ बजेदेखि ११ बजेर ४५ मनेटसम्म नोटाम जारी गरिएको छ । यो समयमा उडान तथा अवतरण गर्ने जहाजहरु आकाशमै होल्ड हुने भएका छन् । तर ती अफिसरका अनुसार विमानस्थलले अहिलेसम्म होल्ड वा डाइभर्ट नै गरिहाल्न नपरोस भनेर जहाजहरुलाई निर्धारित समय भन्दा केही चाँडो र केही ढिलो आउन आग्रह गरेको छ । अफिसरले भने, ‘आकाशमै होल्ड गर्नु परेपनि एकदुई राउन्ड घुम्नुपर्ला नत्र पर्दैन ।’
नोटामको अवधिमा आन्तरिक उडान पनि रोकिने टिडिओले बताएको छ । यो समयमा एयर चाइना, स्पाइस जेट र कतार एयरवेज प्रभावित हुने छ ।
११ बजेर ४५ मिनेटपछि विमानस्थलमा अवतरण हुने जहाजहरु निर्धारित समयभन्दा केही ढिला अवतरण हुने ड्युटी अफिसरले जानकारी दिएका छन् । उनले भने, 'मध्यान्ह १२ बजेपछि नेपाली आकाशमा एयर ट्राफिक हुने देखिएको छ । जसले जहाज उडान तथा अवतरण 'डिले' हुनेछ ।'