सुनको भाउ एकसय ५० रुपैयाँले बढ्यो, तोलाको ५१ हजार दुईसय ५० मा कारोबार, चाँदी पाँच रुपैयाँ महँगो

बिजमाण्डू
२०७१ चैत्र १८ गते ००:०० | Apr 1, 2015
सुनको भाउ एकसय ५० रुपैयाँले बढ्यो, तोलाको ५१ हजार दुईसय ५० मा कारोबार, चाँदी पाँच रुपैयाँ महँगो


काठमाडौं । बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनको भाउ तोलामा एकसय ५० रुपैयाँले बढेर तोलाको ५१ हजार दुईसय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tata
GBIME
Nepal Life

यसअघि मंगलबार तोलाको ५१ हजार एकसय रुपैयाँ रहेको सुनको भाउ बुधबार बढेको हो । सोमबार ५१ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ मंगलबार भने घटेको थियो ।

बुधबार चाँदी भाउमा पनि थोरै परिवर्तन भएको छ । मंगलबार तोलाको सातसय पाँच रुपैयाँमा कारोबार भएको चाँदी बुधबार सातसय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।