विजय लघुवित्तको आइपिओ आयो, सर्वसाधारणका लागि तीनलाख ८६ हजार कित्ता निष्कासन

बिजमाण्डू
२०७१ चैत्र १८ गते ००:०० | Apr 1, 2015
विजय लघुवित्तको आइपिओ आयो, सर्वसाधारणका लागि तीनलाख ८६ हजार कित्ता निष्कासन

काठमा८ । विजय लघुवित्तले सर्वसाधारणका लागि तीन लाख ८६ हजार चारसय कित्ता सेयर निष्कासन गरेको छ । संस्थाको कर्मचारीका लागि १२ हजार ६ सय कित्ता र सामूहिक लगानी कोषको २१ हजार कित्ता भने बाँडफाँट भइसकेको छ ।

Tata
GBIME
Nepal Life

सर्वसाधारणले विजयको सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । अहिले संस्थाको चुक्तापुँजी १४ करोड रुपैयाँ छ ।

ग्रोमर मर्चेन्ट बैंकर लिमिटेड बिक्री प्रबन्धक रहेको वियज लघुवित्तको सेयर निष्कासन बन्द चैत २२ गते आइतबार हुनेछ । संस्थाको केन्द्रीय कार्यालय रजहर १ नवलपरासीमा केन्द्रीय कार्यालय रहेको छ ।

विजय लघुवित्तको सेयर आवेदन फारम संकलन केन्द्र ग्रोमर मर्चेन्टको कार्यालय, विजय लघुवित्तको केन्द्रीय कार्यालय, गुडविल फाइनान्सका शाखाहरु, एनआइबिएल क्यापिटल मार्केट, एस क्यापिटल, एस डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंकको नारायणगढ तथा पोखरा शाखा र साझा विकास बैंक तोकिएको छ ।