वाच लिस्टको व्यवस्थामा परिमार्जन हुने, बैंकरले भनेजस्तै फेजवाइज लागू गरिने, चाँडै निर्देशन

बिजमाण्डू
२०७१ चैत्र १८ गते ००:०० | Apr 1, 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाच लिस्टमा राखेको कर्जालाई पाँच प्रतिशत नोक्शानी व्यवस्थापन गर्नु पर्ने व्यवस्थालाई परिमार्जन गर्ने भएको छ ।
 
तीन साताअघि जारी भएको निर्देशनमा कर्जालाई पाँच भागमा वर्गीकरण गर्दै वाच लिस्टको व्यवस्था थप गरिएको थियो । कर्जा भुक्तान नभएको भोली पल्टै वाच लिस्टमा राखेर त्यसको नोक्शानी व्यवस्थापन पाँच प्रतिशत गर्नु पर्ने नयाँ व्यवस्था छ ।
 
यो व्यवस्था एकै पटक लागू गर्दा बैंकिङ प्रणालीमै असर पर्ने भन्दै बैंकर्स संघले केही दिनअघि मात्र राष्ट्र बैंकलाई परिमार्जन गर्न आग्रह गरेको थियो ।

Tata
GBIME
Nepal Life
बैंकर्सको मागलाई ध्यानमा राख्दै राष्ट्र बैंकले यसलाई फेजवाइज लागू गर्ने तयारी गरेको हो ।

‘एक दुई दिनमै यो व्यवस्थामा परिमार्जन गरेर नयाँ नीति आउने छ,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘छलफल भइरहेको छ, फेजवाइज रुपमा जाने भन्नेमा छलफल भएको छ ।’

 
बैंकरले पनि वाच लिस्टको प्रावधान राम्रो भएपनि त्यसलाई एकै पटक लागू गर्दा समस्या हुने भन्दै समय दिन माग गरेका थिए ।