हिजो जतिले बढेको आज त्यतिले नै घट्यो सेयर बजार, सवा १२ करोड रुपैयाँमा खुम्चियो कारोबार

बिजमाण्डू
२०७१ चैत्र १८ गते ००:०० | Apr 1, 2015
हिजो जतिले बढेको आज त्यतिले नै घट्यो सेयर बजार, सवा १२ करोड रुपैयाँमा खुम्चियो कारोबार
काठमाडौं । अघिल्लो दिन साढे ६ अंकले बढेको सेयर बजार बुधबार झन्डै त्यतिनै अंकले ओरालो लागेको छ । बजार ६.२ अंकले घटेर फेरि ९४० अंकभन्दा तल आइपुगेको छ ।
 
बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । दिनभरीमा १२१ कम्पनीका १२ करोड २७ लाख रुपैयाँका सेयर किनबेच भएका छन् । कुल तीन लाख ८३ हजार ८३७ कित्ता सेयर किनबेच भएको छ ।
 
उत्पादनमूलक र अन्य सुचक स्थिर देखिए पनि बाँकी सुचकहरु ओरालो लागेको छ । सबैभन्दा वढी होटल ४१.६३ अंक र बिमा ३६.३ अंकले घटेको छ । 
 
बैंकहरुको सुचक ५.३६ अंक, विकास बेंक ८.७२ अंक, जलविद्यूत् १०.३ अंक, फाइनान्स १.१८ अंकले घटेको छ ।
 
प्रभु बैंकको एक करोड ३९ लाख रुपैयाँ बराबरको संस्थापक र २५ लाख ६० हजार रुपैयाँ बराबरको साधारण सेयर किनबेच भएको छ । चिलिमेको ८५ लाख ८७ हजार, नेपाल लाइफ साढे ७५ लाख, प्राइम लाइफ ६७ लाख २० हजार र ग्लोबल आइएमइ बैंकको ६१ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
 
एपेक्स, प्रभु संस्थापक, यति, नागवेली लघुवित्त, कामना विकासलगायतका लगानीकर्ताले कमाएका छन् । गुमाउनेमा मल्टीप्रपोज फाइनान्स, साङ्ग्रिला डेभलपमेन्ट, गुँरास लाइफ, सिद्धार्थ फाइनान्सलगायतका लगानीकर्ता छन् । 

Tata
GBIME
Nepal Life