मेगा बैंकले निक्षेप खातामा साढे ६ % सम्म ब्याज दिने, ६५ दिने र १२० दिने मुद्दति निक्षेप योजना

बिजमाण्डू
२०७१ चैत्र १८ गते ००:०० | Apr 1, 2015
मेगा बैंकले निक्षेप खातामा साढे ६ % सम्म ब्याज दिने, ६५ दिने र १२० दिने मुद्दति निक्षेप योजना
काठमाडौं । मेगा बैंकले साढे ६ प्रतिशतसम्म  ब्याज दिने गरी दुई वटा मुद्दति योजना ल्याएको छ । बैंकले ६५ दिने र १२० दिने दुई वटा मुद्दति योजना ल्याएको हो । 

६५ दिने मुद्दति खातामा ६ प्रतिशत बार्षिक ब्याजको रकम ६५ दिनमा भुक्तानी पाइन्छ । १२० दिने मुद्दति खाता खोलेमा ६.५ प्रतिशत बार्षिक ब्याजको भुक्तानी १२० दिनमै पाइनेछ । 
 
मुद्दति निक्षेपको अवधि समाप्तीसँगै साँवा तथा ब्याजको रकम आफ्नो ब्याज आर्जित खातामा स्वतः जम्मा हुने बैंकले जनाएको छ । न्यूनतम मौज्दात दुई लाख रुपैयाँ रहेको यो योजना व्यक्तिगत खाताका लागि लागू हुने छ । 
 
ग्राहकले निःशुल्क रुपमा एससिटी डेबिट कार्ड, चेकबुक, अनलाइन बैंकिङ सुविधा, एकाउन्ट स्टेटमेन्ट, एबीबीएस सुविधा प्राप्त गर्न सक्नेछन् । यो खाता खोल्ने ग्राहकले निक्षेपको ९० प्रतिशतसम्म ओभरड्राÏट सुविधा पाउनेछन् । यो खाता मेगा बैंकको देशभर छरिएका २८ वटा शाखाबाट खोल्न सकिनेछ । 

Tata
GBIME
Nepal Life