राजश्व संकलनमा कारोबार मूल्यलाई मान्यता दिन चेम्बरको आग्रह, बजेटमार्फत सम्बोधन गर्ने

बिजमाण्डू
२०७१ चैत्र १८ गते ००:०० | Apr 1, 2015
राजश्व संकलनमा कारोबार मूल्यलाई मान्यता दिन चेम्बरको आग्रह, बजेटमार्फत सम्बोधन गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले राजश्व संकलनमा कारोबार मूल्यलाई मान्यता दिन आग्रह गरेको छ । अर्थ मन्त्रालयका राजश्व सचिव नवराज भण्डारीसँगको भेटमा चेम्बर पदाधिकारीले यस्तो आग्रह गरेका हुन् ।

Tata
GBIME
Nepal Life

चेम्बरले राजश्व नीतिलाई परिमार्जन गर्नु पर्ने भन्दै अव्यवहारिक कर तथा राजश्व नीति एवं भन्सार दरबन्दीले उत्पन्न अनाधिकृत व्यापार, मिसम्याच, न्यून बिजकीकरण, अधिक बिजकीकरण जस्ता समस्या रहेको बताएको छ ।

चेम्बरसँगको भेटमा सचिव भण्डारीले कर तथा राजश्वका विषयमा निजी क्षेत्रले भोगेका समस्या समाधानका लागि आफूले आगामी बजेटमार्फत समाधानको प्रयास गर्ने बताए ।
यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको समस्यामा गम्भीर हुन सरकारी निकायलाई आग्रह गरे ।

छलफलमा चेम्बरका द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, कार्यबाहक महासचिव निलकण्ठ चौलागाईं, सचिवहरु देवेन्द्रभक्त श्रेष्ठ, पर्शुराम दाहाल, सहकोषाध्यक्ष राजारत्न तुलाधरलगायत कार्यसमिति सदस्य उपस्थित थिए ।