सिद्धार्थ बैंकको ४८ औं शाखा रहीत सेवा मोरङको कटहरीमा, विभिन्न बैंकिङ सुविधा पाउने बैंकको भनाइ

बिजमाण्डू
२०७१ चैत्र १८ गते ००:०० | Apr 1, 2015
सिद्धार्थ बैंकको ४८ औं शाखा रहीत सेवा मोरङको कटहरीमा, विभिन्न बैंकिङ सुविधा पाउने बैंकको भनाइ


विराटगर । सिद्धार्थ बैंकले ४८ औं शाखा रहीत बैंकिङ मोरङको कटहरीमा सुरु गरेको छ । बैंकको नयाँ सेवाको नेपाल राष्ट्र बैंकका निर्देशक दीपकबहादुर थापाले उदघाटन गरे ।

Tata
GBIME
Nepal Life

शाखा रहीत बैंकिङ सेवा अन्तर्गत ग्राहकले खाता खोल्ने, निक्षेप जम्मा गर्ने तथा झिक्नेलगायत विविध बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ सिद्धार्थ बैंकले देशशभरि ४६ शाखा, ५८ एटिएम र ४८ शाखा रहीत बैंकिङ सेवा सहितको सञ्जाल रहेको बिराटनगर शाखाका प्रबन्धक कमल बस्नेतले बताए।

सिद्धार्थ बैंक बिराटनगर शाखाका रिलेशनसिप अफिसर दिवाकर भट्टराईले देशको ग्रामिण क्षेत्रमासमेत  बैंकिङ पहुँच पुर्‍याउन उद्देश्यले सिद्धार्थ बैंक लिमिटेडले शाखा रहीत बैंकिङ सेवा सञ्चालन गर्दै आएको बताए । शाखाले बैंकिङ सेवाले कटहरी, नयाँ बजार लगायत नजिकका बासिन्दा हरु लाभान्वित हुने भट्टराईले बताए।