इन्टरनेशनल डेभलपमेन्ट बैंकको लाभांश पारित, संचालक समिति नयाँ चयन, अध्यक्षमा भट्ट नै

बिजमाण्डू
२०७१ चैत्र १८ गते ००:०० | Apr 1, 2015
इन्टरनेशनल डेभलपमेन्ट बैंकको लाभांश पारित, संचालक समिति नयाँ चयन, अध्यक्षमा भट्ट नै


काठमाडौं । इन्टरनेसनल डेभलपमेन्ट बैंकको पाँचौं वार्षिक साधारणसभाले २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बुधबार बसेको साधारणसभाले यसअघि प्रस्तावित १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । 

Tata
GBIME
Nepal Life


यस्तै साधारणसभाले संस्थापक समूहबाट ६ जनालाई संचालक चयन गरेको छ । संचालक चयन हुनेहरुमा माधवप्रसाद भट्ट, सुरेन्द्रकुमार पोखरेल, परशुराम कार्की, पिताम्बर गैरे, निरञ्जनकुमार साहु र राजेन्द्रकुमार घिसिङ रहेका छन् । बुधबारै बसेको संचालक समितिको बैठकले भट्टलाई संचालक समितिको अध्यक्ष चयन गरेको छ । भट्ट यसअघि पनि बैंकको अध्यक्ष थिए । 
 
यस बैंकको अधिकृत पुँजी दुई अर्ब र चुक्ता पुँजी ६४ करोड रहेकोमा बोनस सेयर जारी भएपश्चात् बैंकको कुल चुक्ता पुँजी ७० करोड ४० लाख पुगेको छ । बैंकले काठमाडौं उपत्यका भित्र र देशका विभिन्न स्थानहरुमा गरी १४ वटा शाखा १३ वटा एटिएमबाट बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ ।