आइएफएफसिओको सेयरमा ५८ गुणा बढी आवेदन, लगानीकर्ताले माग दुई अर्ब ३० करोडको सेयर

बिजमाण्डू
२०७१ चैत्र २२ गते ००:०० | Apr 5, 2015
आइएफएफसिओको सेयरमा ५८ गुणा बढी आवेदन, लगानीकर्ताले माग दुई अर्ब ३० करोडको सेयर

काठमाडौं । आइएफएफसिओ माइक्रोफाइनान्सको साधारण सेयरमा ५८ गुणा बढीको आवेदन परेको छ । यो माइक्रोफाइनान्सको सेयर माग्दै सर्वसाधारण लगानीकर्ताले दुई अर्ब ३० करोड ५५ लाख रुपैयाँको आवेदन दिएका छन् ।

Tata
GBIME
Nepal Life

सेयर निष्कासनका लागि विक्री प्रबन्धक तोकिएको सिभिल क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार साधारण लगानीकर्ताले माग गरिएको भन्दा ५७.६३ गुणा बढी रकममो आवेदन दिएका छन् । यो माइक्रोफाइनान्सले चार करोड रुपैयाँको सेयर निष्काशन गरेको हो । गत मंगलबारदेखि शुक्रबारसम्म सेयर आवेदन खुल्ला गरिएको थियो ।

लघुवित्त र हाइड्रो पावर कम्पनीको प्राथपिमक सेयरमा लगानीकर्ताको आकर्षण छ । यस अघि निष्काशन भएका साना लघुवित्त सस्था र हाइड्रोको सेयरमा पनि सय गुणासम्म बढी आवेदन परेको थियो ।

सर्वसाधारणको समूहमा रहेको चार लाख कित्ता मध्ये कर्मचारीलाई आठ हजार कित्ता र सामूहिक लगानी कोषका लागि २० हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ ।

यो सस्थाको चुक्ता पुँजी १० करोड रहेको छ । इन्टरनेशनल जिजिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडको सहायक कम्पनीका रुपमा यो माइक्रोफाइनान्स स्थापना भएको हो । इन्टरनेशनल जिजिङको यो सस्थामा ६० प्रतिसत अर्थात ६ करोड रुपैयाँ लगानी छ ।

यो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७१र७२मा ३७ लाख ३२ हजार रुपैयाँ र आर्थिक वर्ष २०७२/७३मा ५० लाख १६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण सर्वाजनिक गरिएको छ ।