पाँच हजार भारुमा ल्यापटप, सस्तो ल्यापटप नेपालमा पनि आउँदै

बिजमाण्डू
२०६९ असार २३ गते ००:०० | Jul 7, 2012
पाँच हजार भारुमा ल्यापटप, सस्तो ल्यापटप नेपालमा पनि आउँदै

नयाँदिल्ली । बेलायतको प्रसिद्ध कम्प्युटर कम्पनी एससिआईले दक्षिण एशियाका लागि सस्तो ल्यापटप बजारमा ल्याएको छ ।  कम्पनीले पहिलो चरणमा बुधवार यो ल्यापटप भारतीय बजारमा विक्री सुरु गरेको हो । भारतमा यो ल्यापटपको मूल्य पाँच हजार भारु (आठ हजार नेपाली रुपैयाँ) तोकिएको छ । हाइ रिजोलुसन स्क्रिन भएको यो ल्यापटपका सबै सुविधाहरु राखिएका छन् ।
यो ल्यापटप भारतको स्टक एक्सचेञ्ज (बिएसई)मा सूचिकृत कम्पनी एलाइड कम्प्युटर इन्टरनेशनलले विक्री गरेको छ । कम्पनीका प्रवन्ध निर्देशक हिरजी पेटलले सम्पूर्ण सुविधा उपलब्ध यो ल्यापटप  भारतमा सबैभन्दा सस्तो भएको दावी गरे । कम्पनीले यसमा विन्डोजका सबै सुविधा भएको बताएको छ ।
निर्देशक पटेलले भारतमा पहिलो वर्ष नै यो कम्पनीका दुई लाख ल्यापटप विक्री गर्ने लक्ष्य राखेको बताए । एसिआईले भारतमा नयाँ नयाँ डिजाइनका ल्यापटपहरु विक्री गर्दै आएको छ ।
भारतमा हरेक वर्ष २५ लाख ल्यापटप विक्री हुने गरेका छन् । यो पश्चिमी मुलुकको तुलनामा जम्मा १० प्रतिशत भएको कम्पनीको दावी छ । पछिल्ला दिनमा भारतमा राज्य सरकारले आफ्ना छात्राहरुलाई सस्तो ल्यापटप दिने चुनावी घोषणा गर्दै आएका छन् ।
भारतको कर्नाटक र उत्तरप्रदेशमा यही चुनावी नाराले नयाँ राजनीतिक दललाई सरकारमा पु¥याएको छ । बेलायतको कम्पनी एससिईले भारतपछि नेपाल लगायतका दक्षिण एशियाली मुलुकमा यो ल्यापटप विक्री गर्ने योजना बनाएको छ ।

Tata
GBIME
Nepal Life