फियाटको अत्याधुनिक वर्कशप राजधानीमा, चैत्र २८ देखि बैशाख ८ सम्म फ्रि चेकअप क्याम्प

बिजमाण्डू
२०७१ चैत्र २९ गते ००:०० | Apr 12, 2015
फियाटको अत्याधुनिक वर्कशप राजधानीमा, चैत्र २८ देखि बैशाख ८ सम्म फ्रि चेकअप क्याम्प

काठमाडौं । नेपालका लागि फियाट गाडीको आधिकारीक बिक्रेता लाईफ अटो मोवाईल्सले सुविधा सम्पन्न वर्कशप स्थापना गरेको छ । बसुन्धारास्थित फियाट वर्कशप नेपाल पर्यटन यातायात संघका अध्यक्ष राम शरण कार्की र बतास अर्गनाईजेसनका प्रमुख कार्यकारी अधिकृत शान्त राज बतासले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

Tata
GBIME
Nepal Life

विश्व स्तरीय प्रविधि, कम्प्युटराईज्ड डाएगनोसिङ सिस्टम, फियाट टेक्नोलोजिजमा बिज्ञता हासिल गरेका अनुभवी र दक्ष मेकानिक युक्त फियाट वर्कशप इटालियन र इण्डियन स्टाण्डर्डमा निमार्ण गरिएको हो । यो वर्कशपमा एकै पटक ६ वटा गाडी सर्भिसिङ गर्न सकिन्छ ।

वर्कशपमा अन्य नविनतम प्रविधिहरु जस्तै एयर प्रेसरको माध्यमबाट नट वोल्टहरु सहजताका साथ खोल्न र कस्न न्युम्याटिक उपकरणहरु, टायरको लाईफ बढाउन र साना तिना पंचरहरुबाट बचाउन नाईट्रोजन फिलिङ लगायतको सुविधा रहेको जानकारी कम्पनीले दिएको छ ।

फियाट वर्कशपमा ग्राहकहरुको सहजताको लागि छिटो छरितो सर्भिसिङ्ग प्रदान गर्न दुई वटा ‘टु पोस्ट लिफ्ट’ र सेवाग्राहीहरुको सहजताका लागि वाईफाई सेवा सहित अन्तर्राष्ट्रियस्तरको कस्टुमर लाउन्ज रहेको छ ।
 
हेडलाईट बिम तल माथी नहुने हेडलाईट बिम अलाईन्मेन्ट मेकानिजम, इन्जिन तथा अन्य भागबाट पुरानो तेल निकाली गाडीको कन्डिसन सधैं उस्तै बनाउन आवश्यक इलेक्ट्रिकल आयल डिस्पोजर जस्ता उपकरणहरु रहेका छन् । तीन वटा वासिङ जोन र छुट्टै पेन्ट बुथ रहेको जानकारी पनि कम्पनीले दिएको छ ।


लाईफ अटो मोवाईलले यसै अवसरमा आफ्ना ग्राहकहरुलाई ध्यानमा राखी ‘फ्रि चेकअप क्याम्प’ चैत्र २८ देखी बैशाख ८ सम्म आयोजन गर्ने भएको छ । यो चेकअप क्याम्पमा पुराना फियाट उपभोक्ताहरुले आफ्नो गाडीको निःशुल्क इलेक्ट्रिकल चेकअप, डाएग्नोशिस उपकरणहरु प्रयोग गरि निःशुल्क इन्जिन म्यानेजमेन्ट सिस्टम, वासिङ, व्हिल अलाईन्मेन्ट लगायतका सेवा उपभोग गर्न सक्नेछन् ।

नेपालमा फियाटको ५०० भन्दा धेरै ग्राहकहरु छन् । फियाट वर्कशप कुनै पनि फियाट गाडीको जेनियुन स्पेयर्स पार्टस उचित मुल्यमा कुनै पनि समयमा उपलब्ध गराउन सक्षम वर्कशप भएको दावी पनि गरिएको छ ।