सामान किन्ने योजनामा हुनुहुन्छ? बजारमा छुटै छुट, गाडीदेखि ६ लाख रुपैयाँसम्म क्यासब्याक अफर

बिजमाण्डू
२०७१ चैत्र ३० गते ००:०० | Apr 13, 2015
सामान किन्ने योजनामा हुनुहुन्छ? बजारमा छुटै छुट, गाडीदेखि ६ लाख रुपैयाँसम्म क्यासब्याक अफर

काठमाडौं । नयाँ वर्ष २०७२ सुरु हुनै लाग्दा व्यापारिक क्षेत्रमा चहल पहल बढेको छ ।  नयाँ वर्ष लक्षित गरी आफूले ब्यापार गर्दै आएका उत्पादनमा विभिन्न व्यवसायिक घरानाले भारी छुट योजना सुरु गरेके छ ।

Tata
GBIME
Nepal Life

नयाँ वर्षलाई लक्षित गर्दै टाटा, हुण्डाई, सामसुङ, एलजीलगायतका मल्टी नेशनल ब्राण्डले छुट योजना ल्याएका छन् । यस पटक कम्पनीहरुले ल्याएका छुट योजनामा क्यास डिस्काउन्ट, सिओर सट प्राइज, लक्की ड्रबाट गाडी उपहार तथा होलिडे टुर प्याकेजलगायतका छन् ।

यसरी वर्षका विभिन्न समयमा हुने अफरमा व्यापार पनि बढ्ने गरेको व्यवसायीहरु बताउँछन् । हुण्डाईका असिस्टेन्ट जनरल म्यानेजर रुपेश भट्टले अफरको समयमा यति व्यापार बढ्छ भन्न नसकिए पनि सुधार भने हुने गरेको बताए ।

स्थानीय बजारमा प्रबर्द्धन गर्न कम्पनीहरुले यस्तो छुट दिने गरेका छन् । यो छुट नेपालका व्यवसायीले नभइ उत्पादक कम्पनीले नै अधिकृत विक्रेतामार्फत उपलब्ध गराएको हुन्छ । व्यापारमा १० देखि २५ प्रतिशतसम्म वृद्धि हुने अनुमानका आधारमा यस्ता अवसरमा छुट दिने घोषणा गरिएको हुन्छ ।
सामान्यता उपभोक्ताहरु पनि नयाँ वर्ष, दशैं, तिहार, क्रिसमस जस्ता अवसरमा छुट पाइन्छ भनेर किनमेलका लागि पर्खने गर्छन् ।

टाटा किन्दा गाडी पाइने
टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ वर्षको अवसरमा 'टाटा किन्दा उपहार इजेटा' योजना ल्याएको छ । यो योजना अन्तर्गत कम्पनीले टाटा गाडी खरीद गर्ने प्रत्येक २० जना मध्येबाट लक्की ड्र गरेर एउटा इजेटा गाडी प्रदान गर्ने जनाएको छ ।

यस्तै नयाँ वर्षको अवसरमा कम्पनीले क्यास डिस्काउन्ट अफर पनि ल्याएको छ । यो योजना अन्तर्गत २५ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म छुट दिइने कम्पनीले जनाएको छ ।

हुण्डाईको धनलाभ राशिफल योजना
नयाँ वर्षको अवसरमार हुण्डाई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले धनलाभ राशिफल योजना ल्याएको छ । मार्च २६ बाट सुरु भएको यो योजना अन्तर्गत ग्राहकले ६५ हजार रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म छुट पाउनेछन् ।

यस्तै स्क्राच कार्डबाट २० हजारदेखि ७२ हजारसम्म छुट दिइने कम्पनीले जनाएको छ । हुण्डाइले नयाँ वर्ष, बडादशैं, अंग्रेजी नयाँ वर्ष जस्ता अवसरमा छुट यस्ता छुट योजना ल्याउँदै आएको छ ।
मोटरसाइकलमा पनि उस्तै
नयाँ वर्षको अवसरमा गाडी कम्पनीले मात्रै नभइ मोटरसाइकल व्यवसायीहरुले पनि छुट योजना ल्याएका छन् । बजाज, होण्डा, सुजुकी लगायतका मोटरसाइकलका नेपालस्थित आधिकारिक विक्रेताहरुले यस्ता योजना ल्याएका छन् ।

सुजुकीको नेपालस्थित विक्रेता भिजी अटोमोवाइलले नयाँ वर्षको अवसरमा १० हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ । यस्तै हार्टफोर्ड मोटरको नेपाल स्थित विक्रेता इन्टरनेशनल मोटर्स प्रालिले भिआर मोटरसाइकलमा पाँच हजार रुपैयाँ छुट दिने घोषणा गरिसकेको छ ।

यस्तै बजाजका डिस्कभर मोटरसाइकल खरीदमा पनि छुट दिने घोषणा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता गोल्छा अर्गनाइजेसनले गरिसकेको छ ।

इलेक्ट्रोनिक्समा छुटको बहार
नेपालमा धेरै विक्री हुने इलेक्ट्रोनिक्स सामसुङ र एलजीका विक्रेताले पनि छुट दिन भएका छन् । सामसुङ इलेक्ट्रोनिक्सको नेपालस्थित विक्रेता हिम इलेक्रोनिक्सले आफ्ना सबै सामानको मूल्य घटाएको छ । हिम इलेक्ट्रोनिक्सले सामसुङका टिभी, फ्रिज, वासिङ मेसिन लगायतका सामानको भाउ घटाएको हो । सामसुङका उत्पादनका मूल्य नयाँ वर्ष २०१५ को बेला दिइएको छुटकै बराबर भएको कम्पनीले जनाएको छ ।

यस्तै एलजीका उत्पादनको आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले आफ्ना सबै ब्राण्डमा छुट योजना ल्याएको छ । सिजीले एलजीका उत्पादनमा ६ लाख रुपैयाँसम्म क्यासब्याक अफर रहेको जनाएको छ ।

यस्तै सिजीका सामानहरुमा २५ हजार रुपैयाँसम्म छुटको अफर ल्याइएको छ । नयाँ वर्षकै अवसरमा गोद्रेजका उत्पादन खरीद गर्ने मध्ये हप्तामा दुई जनालाई मलेशिया-सिंगापुर ट्रिपको व्यवस्था गरिएको छ । यस्तै तोसिबा खरीद गर्ने ग्राहक मध्येबाट दुई जनालाई होलिडेज प्याकेज दिइने कम्पनीले जनाएको छ ।

यस्तै नयाँ वर्षकै अवसरमा अन्य गाडी तथा इलेक्ट्रोनिक्स सामानका आधिकारिक विक्रेताहरुले पनि छुट योजना ल्याएका छन् । नयाँ वर्षमा फियाट गाडी, सोनीलगायतले छुट दिने तयारी गरेका छन् ।