कोरिया भाषा परीक्षाको फारम खुल्यो, ६ गतेसम्म भर्न सकिने, देशभर १० ठाउँमा संकलन केन्द्र

बिजमाण्डू
२०७२ बैशाख २ गते ००:०० | Apr 15, 2015
कोरिया भाषा परीक्षाको फारम खुल्यो, ६ गतेसम्म भर्न सकिने, देशभर १० ठाउँमा संकलन केन्द्र

काठमाडौं । रोजगारीका लागि कोरिया जाने भाषा परीक्षा (इपिएस)को छैटौं चरणको परीक्षाका लागि विहीबारबाट आवेदन खुलेको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको इपिएस शाखाका अनुसार विहीबारबाट ६ गतेसम्म देशका १० वटा संकलन केन्द्रमा फारम भर्न पाइने छ ।

Tata
GBIME
Nepal Life

भाषा परीक्षाको फारम संकलनका लागि काठमाडौं उपत्यका भित्र पाँचवटा र उपत्यका बाहिर पाँचवटा संकलन केन्द्र तोकिएको छ । उपत्यका भित्र नेपाल वेद विद्याश्रम संस्कृत मावि, गौशाला, काठमाडौं भ्याली उच्च मावि महाराजगंज, ल्याबरोटरी उच्च माध्यमिक विद्यालय कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो, ललितपुर र च्यासल फुटबल खेल मैदान बालकुमारी ललितपुर तोएिको छ ।

यस्तै उपत्यका बाहिर धनुषाको जनकपुर चुरोट कारखाना परिसर, सुनसरीको धरान सभागृह धरान, कास्कीको विन्दबासिनि उच्च मावि वाटुलेचौर पोखरा, रुपन्देहीको बुटवल प्रदर्शनी मण्डप वुटवल र डडेल्धुराको कर्मचारी मिलन केन्द्रसमेतबाट दरखास्त दिन सकिने इपिएस शाखाले जनाएको छ ।

गएका वर्षहरुमा काठमाडौं उपत्यकाभित्र तीनवटा मात्रै फारम संकलन केन्द्र तोकिने गरेको भएपनि यो वर्ष भने दुईवटा थप गरिएको हो । कास्कीबाट फारम भर्नेले भने पोखराबाट नै परीक्षा दिन पाउने व्यवस्था मिलाइएको छ ।

इपिएस भाषा परीक्षा आउँदो जेठ ३० र ३१ गते हुनेछ । पहिला फारम बुझाउने मात्रै पास हुने गलत मान्यता परीक्षार्थीमा रहेको भन्दै शाखाले त्यस्तो नहुने बताएको छ । उसले नआत्ति फर्म भर्न सबैलाई अनुरोधसमेत गरेको छ ।