बजाजको पल्सर माेटरसाइकल किन्दा जगत बोगटीले पाए एक लाख रुपैयाँ, शेखरले दिए बधाई

बिजमाण्डू
२०७२ बैशाख २ गते ००:०० | Apr 15, 2015

काठमाडौं । बजाजको नयाँ वर्ष योजना ‘नोटको बोट’ अन्तर्गत जगत बोगटीले एक लाख रुपैयाँ प्राप्त गरेका छन् । यो योजना अन्तर्गत एक लाख रुपैयाँ पाउने बोगटी पहिलो ग्राहक हुन् । उनले मोटरसाइकल किन्दा कुपन स्क््रयाच गर्दा एक लाख रुपैयाँ पाएका हुन् ।

Tata
GBIME
Nepal Life

नुवाकोटका स्थायी वासिन्दा बोगटीले काठमाडौँको टेकु स्थित एचएच बजाजको शोरुमबाट पल्सर १५० सिसि बाइक किनेका हुन् ।

योजनाको अवधि भरि बजाज बाइक खरिद गर्ने हरेक ग्राहकहरुलाई एउटा स्क्र्याच कुपन दिइनेछ । यस पटकको स्क्र्याच कुपनमा ११ वटा स्क्र्याच गर्ने ठाउँहरु छन् । पहिलो १० पटक स्क्र्याच गरेको अङ्कहरु जोडिने छन् र ११औ पटक स्क्र्याच गर्दा आएको अङ्कले गुणा गरिनेछ र जति अङ्क आउँछ त्यति नगद पुरस्कार ग्राहकहरुलाई दिइनेछ । ११ पटक स्क्र्याच गर्न पाउने भएकाले यसपाली ग्राहकहरुले धेरै नगद पुरस्कार जित्न सक्ने सम्भावना छ ।

स्क्र्याच कुपनबाट ग्राहकहरुल एक लाख रुपैयाँसम्म नगद पुरस्कार तुरुन्त जित्न सक्नेछन् । यस योजनामा भाग लिनका लागि ग्राहकहरुले नेपालका विभिन्न भागमा भएका बजाजका अधिकृत बिक्रेताहरुबाट नै बाइक खरिद गरेको हुनु पर्नेछ ।

हंसराज हुलासचन्द प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले एक लाख जित्नु भएकोमा जगत बोगटीलाई बधाई दिएका छन् ।