संविधान नबने पनि अर्को वर्षलाई लगानी वर्षका रुपमा मनाउने सरकारको तयारी, उद्योगले माग्यो बजेट

बिजमाण्डू
२०७२ बैशाख ३ गते ००:०० | Apr 16, 2015
संविधान नबने पनि अर्को वर्षलाई लगानी वर्षका रुपमा मनाउने सरकारको तयारी, उद्योगले माग्यो बजेट


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई विदेशी लगानी वर्षका रुपमा मनाउने तयारी गरेको छ । यसका लागि विदेशी लगानी सम्मेलन गर्ने प्रस्ताव उद्योग मन्त्रालयले गरिसकेको छ ।

Tata
GBIME
Nepal Life

उद्योग मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले आगामी वर्षलाई विदेशी लगानी वर्षका रुपमा मनाउन बजेट मागिएको जानकारी दिइन् । उद्योगले आगामी बजेटमा नै यसका लागि आवश्यक रकम व्यवस्था गर्न अर्थ मन्त्रालय समक्ष प्रस्ताव गरेको छ ।

‘हामीले लगानी सम्मेलनका लागि १५ लाख रुपैयाँ बजेट प्रस्ताव गरेका छौं,’ खतिवडाले भनिन् ‘संविधान बनेपछि मात्रै लगानी वर्ष मनाउने तयारी भए पनि अब त्यसलाई नकुरी काम अगाडि बढाउन लागेका छौं ।‘

यसअघि उद्योगमन्त्री महेश बस्नेतले पनि संविधान नर्माण पछिको वर्षलाई लगानी वर्षका रुपमा मनाउने बताउँदै आएका थिए । तर संविधान बन्ने निश्चित नभएपछि उद्योग मन्त्रालयले संविधान नबने पनि देशमा ठुलो मात्रामा विदेशी लगानी भित्र्याउनु पर्ने भन्दै लगानी वर्ष र सम्मेलन दुवै गर्ने तयारी गरेको हो ।