भूकम्प मापन अब डिजिटल प्रबिधिमा जाने, फ्रान्सेली टोलिले भेट्यो उद्योगमन्त्री बस्नेतलाई

बिजमाण्डू
२०७२ बैशाख ३ गते ००:०० | Apr 16, 2015
भूकम्प मापन अब डिजिटल प्रबिधिमा  जाने, फ्रान्सेली टोलिले भेट्यो उद्योगमन्त्री बस्नेतलाई

काठमाडौँ । खानी तथा भूगर्भ विभाग अन्तरगत रहेका २१ वटै भूकम्प मापन केन्द्र डिजिटल प्रविधिमा जाने भएका छन् ।

Tata
GBIME
Nepal Life

फ्रान्सको भूकम्प सम्बन्धी अध्ययन गर्ने संस्था डिपाटमेन्ट एनालाइसिस,सर्भिलिएन्स,इन्भाइरमेन्ट (डिएएस्इ) का अध्यक्ष वेनेडीक गीलपाथको नेतृत्वमा आएको चार सदस्यीय टोलिले उद्योगमन्त्री महेश बस्नेतसँग उक्त विषयमा छलफल गरेका छन् ।

उद्योगमन्त्री बस्नेत र फ्रान्सको उक्त टोलिबिच खानी तथा भूगर्भ विभाग अन्तरगत रहेका सबै राष्ट्रिय भूकम्प मापन केन्द्रलाई आधुनिकीकरण गर्ने विषयमा छलफल भएको हो । छलफल पछि भूकम्पका तथ्याङ्क प्रशोधन तथा मापनका लागि डिजिटल प्रविधि जडान गर्न फ्रान्स सरकारले प्राविधिक सहयोग गर्ने जानकारी गराइयो ।

फ्रान्सले सन् १९७८ देखिनै खानी तथा भूगर्भ विभागको आधुनिकीरणका लागि नेपाललाई प्रत्यक्ष प्राविधिक सहयोग गर्दै आएको छ । खानी तथा भूगर्भ विभागसँग हाल नेपाल भित्र दुई रेक्टर स्केलभन्दा ठूला र विश्वको जुनसुकै स्थानको पाँच रेक्टर स्केलभन्दा ठूला भूकम्प एनालग प्रविधि मार्फत नेपालबाटै मापन गर्ने क्षमता छ । फ्रान्सको प्रत्यक्ष प्राविधिक सहयोगपछि नेपालको भूकम्प मापन प्रविधि डिजिटल माध्यम मार्फत गरिनेछ ।