माइक्रोम्याक्सले आफ्नो पहिलो सोरुम खोल्यो, लोलिपप ५.० ‌ओएसको क्यानभास फाएर बजारमा

बिजमाण्डू
२०७२ बैशाख ३ गते ००:०० | Apr 16, 2015
माइक्रोम्याक्सले आफ्नो पहिलो सोरुम खोल्यो, लोलिपप ५.० ‌ओएसको क्यानभास फाएर बजारमा

Tata
GBIME
Nepal Life

काठमाडौँ । माइक्रोम्याक्सले  ग्राहकहरुको  सुविधाका लागि आफ्नो पहिलो सोरुम खोलेको छ । बुधबार सोरुमको उद्घाटन नेपाली क्रिकेटर बसन्त रेग्मी र मुरारका अर्गनाइजेशनका अध्यक्ष पशुपति मुरारकाले संयुक्त रुपमा गरेका छन् ।

नयाँ वर्षको सुरुवातसँगै माइक्रोम्याक्सले काठमाडौँको पाको न्यू रोड अवस्थित ताम्राकार हाउसमा  माइक्रोम्याक्स मोबाइल फोनका सम्पूर्ण सामग्रीहरु उपलब्ध गराएको हो ।

माइक्रोम्याक्सले लोलिपप ५.० अपरेटिङ सिस्टम भएको नयाँ मोबाइल  माइक्रोम्याक्स क्यानभास फाएर ४ (ए १०७) पनि उपलब्ध गराएको छ ।

जसमा ४.५ इन्चको एफ्डब्लूभिजिए स्क्रिन र १.३ गिगाहर्ज प्रोसेसर रहेको छ । यसमा एल्इडि फ्ल्यास भएको ८ मेगापिक्सेलको मुख्य क्यामरा साथै २– मेगापिक्सेल भिजिए फ्रन्ट क्यामरा छ ।

उक्त अवसरमा माइक्रोम्याक्सले ग्राहकका लागि विभिन्न उपहार तथा योजनाहरु समेत प्रस्तुत गर्यो । ग्राहकहरुले मोबाइल स्टिकर, सेल्फि–स्ट्यान्ड, मेमोरी कार्ड, पावर बैँक, ब्लुटुथ जस्ता सामग्रीहरु उपहारका रुपमा पाउनेछन् ।