बाजेको सेकुवाको फ्रान्चाइज सुकेधारामा, शुक्रबारबाट सेवा दिइने, लाजिम्पाटमा पनि यसैवर्ष खुल्ने

बिजमाण्डू
२०७२ बैशाख ३ गते ००:०० | Apr 16, 2015
बाजेको सेकुवाको फ्रान्चाइज सुकेधारामा, शुक्रबारबाट सेवा दिइने, लाजिम्पाटमा पनि यसैवर्ष खुल्ने

काठमाडौं । बाजेको सेकुवाले काठमाडौंको सुकेधारामा पनि आफ्नो शाखा विस्तार गर्ने भएको छ । बाजेको सेकुवाले शुक्रबारबाट सुकेधारमा नयाँ शाखा संचालनमा ल्याउन लागेको हो । आफ्नो दोस्रो फ्रान्चाइजका रुपमा कम्पनीले नयाँ शाखा खोल्न लागेको जनाएको छ । बाजेको सेकुवाले यसअघि पहिलो फ्रेन्चाइज सातदोबाटोमा संचालनमा ल्याएको  थियो ।

Tata
GBIME
Nepal Life

अहिले कम्पनीले आठ वटा शाखा संचालनमा ल्याएको छ । कम्पनीले काठमाडौं बाहिर भने पहिलो फ्रान्चाइज शाखा भने पोखराको नागढुंगामा संचालनमा ल्याएको छ ।

बाजेको सेकुवाका फ्रान्चाइजहरु बाजेको भेन्चर कम्पनीको व्यवस्थापन अन्तर्गत संचालन हुनेछन् । बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले सुकेधारा शाखा कर्मचारीको स्वामित्वमा रहने दोस्रो फ्रान्चाइज शाखा भएको भन्दै कर्मचारीलाई यस्तै शाखा संचालनमा प्रोत्साहन गरिने जानकारी दिए ।

बाजेको सेकुवाका प्रमुख कार्यकारी अधिकृ५ सुशील खड्काले आगामी आर्थिक वर्ष भित्रमा बाजेको सेकुवाले आठवटा फ्रान्चाइज शाखा खोल्ने बताए । उनले अबको पाँच वर्षमा कम्पनीले देशका प्रमुख सबै शहरमा आफ्नो शाखा पुर्‍याउने बताए ।

बाजेको सेकुवाले भरतपुरमा नयाँ फ्रान्चाइज वैशाख १६ गतेदेखि र लाजिम्पाटमा आर्थिक वर्षको अन्त्यदेखि लाजिम्पाटमा संचालनमा ल्याउने तयारी गरिरहेको छ ।