हुन्डाईले ल्यायो ‘फोरएस भर्ना सेडान’ बजारमा, मुल्य ४० लाख ९६ हजार रुपैयाँ, पाँच रङमा उपलब्ध

बिजमाण्डू
२०७२ बैशाख ३ गते ००:०० | Apr 16, 2015
हुन्डाईले ल्यायो ‘फोरएस भर्ना सेडान’ बजारमा, मुल्य ४० लाख ९६ हजार रुपैयाँ, पाँच रङमा उपलब्ध

काठमाडौं । हुन्डाई कम्पनीको नयाँ सेडान कार ‘हुन्डाई फोरएस भर्ना’ बजारमा आएको छ । नेपालका लागि हुन्डाई कम्पनीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विहीबार यो गाडी सार्वजनिक गरेको हो ।

Tata
GBIME
Nepal Life

प्रविधि र स्टाइलमा यो कार उत्कृष्ट मानिएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा सवारी साधनका पारखी तथा स्टाइलमा विश्वास गर्ने नेपाली उपभोक्ताले हुन्डाईको यो कारबाट अभूतपूर्व सन्तुष्टि र प्राविधिक उत्कृष्टताको विशिष्ट अनुभव हासिल गर्ने उल्लेख छ ।

हुन्डाई मोटरले आफ्नो विश्वप्रसिद्ध प्रविधिका माध्यमबाट फोरएस भर्ना गाडीको विकास गरेको हो, जसले गुणस्तर, डिजाइन, स्पेस, सवारी चलाउँदाको अनुभूति र अन्य प्राविधिक विशेषतातर्फ नयाँ कोसेढुंगा स्थापित गर्ने दावी कम्पनीको छ ।

‘हुन्डाईले आफ्ना उपभोक्तालाई सधैं उच्च स्थान र प्राथमिकतामा राखेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ फोरएस भर्नाले नेपालको अटो बजारमा स्टाइल, स्पेस, इन्धन माइलेज, सुरक्षा र कार्य–सम्पादनका आधारमा सवारी साधनका पारखीहरूलाई नौलो अनुभूति गराउने छ ।

यो सेडान कार १.६ लिटर पेट्रोल इन्जिनमा उपलब्ध छ । यसले दिने माइलेज अरू गाडीको तुलनामा निकै धेरै रहेको जानकारी पनि दिइएको छ । यसको अधिकतम पावर ६३०० आरपिएममा १२३ पिएस छ भने टर्क ४२०० आरपिएममा १५.८ केजिएम छ । यसले प्रतिलिटर १७.०१ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

हुन्डाई फोर एस भर्नाको मुल्य ४० लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो गाडी पाँच वटा नयाँ रङमा पाइन्छ ।