सामसङको एस सिक्स र सिक्स एज नेपालमा, के छन् छ विशेषता जसले बनाउँछ, यी मोवाइल अरुभन्दा फरक

बिजमाण्डू
२०७२ बैशाख ३ गते ००:०० | Apr 16, 2015
सामसङको एस सिक्स र सिक्स एज नेपालमा, के छन् छ विशेषता जसले बनाउँछ, यी मोवाइल अरुभन्दा फरक


काठमाडौं । ‘नेक्स्ट इज नाव’ सामसुङ कम्पनीले लामो समयदेखि चर्चामा रहेके उसको नयाँ मोवाइल सेट ग्यालेक्सी एस सिक्स र एस सिक्स एज नेपालमा विहीबार सार्वजनिक भएको छ । विश्वका दश ठूला देशमा अघिल्लो साता औपचारिक रुपमा सार्वजनिक भइसकेपछि सामसङका दुर्इ पछिल्ला श्रृखला नेपाल भित्रिएको हो ।

Tata
GBIME
Nepal Life


स्मुथ ग्लास र स्टिल कभर राखिएको यो मोवाइल सामसुङका यसअघिका उत्पादन भन्दा निकै फरक छन् । यस्तै मोवाइलमा फिंगर प्रिन्ट, कर्भ स्क्रिन (घुमाउरो) राखिएको छ जसले यो मोवाइललाई अझै आकर्षक बनाएको छ ।
 
ग्यालेक्सी सिक्स एसका ६ विषेशता
. कर्भ डिस्प्ले/स्टिल कभर

सामसुङले आफ्ना नयाँ दुई उत्पादनमध्ये ग्यालेक्सी सिक्स एजमा कर्भ डिस्प्ले छ । देख्दा निकै आकर्षक यो डिस्प्लेले मोवाइललाई निकै युनिक बनाएको छ । एस सिक्समा ५.१ क्वाड एचडी  तथा सुपर एएमओएलइडी सुविधा छ भने एस सिक्स एजमा ५.१ क्वाड सुपर एएमओएलएडी डुअल एज डिस्प्ले छ ।
यो मोवाइलमा यसअघिका सामसुङका उत्पादनभन्दा फरक स्टिल कभर राखिएको छ । जसले गर्दा एक्स्ट्रा मेमोरी कार्ड राख्ने तथा अरु सेटमा जस्तो आफैं ब्याट्री निकाल्ने सुविधाबाट ग्राहक बञ्चित हुनेछन् । ग्राहकले आफैंले फोनको ब्याट्री निकाल्ने तथा सिमकार्ड तथा मेमोरी कार्ड हाल्न सक्दैनन् ।
 
. फाष्ट चार्जिङ/वायरलेश चार्जिङ

यो मोवाइल आइफोन सिक्सभन्दा आधा समयमा फुल चार्ज हुन्छ । यस्तै प्रयोगकर्ताले १० मिनेट चार्ज गरेर चार घण्टासम्म मोवाइल चलाउन सक्ने दावी कम्पनीले गरेको छ ।
मोवाइलमा वायरलेश चार्जिङको सुविधा पनि दिइएको छ । वायरलेश चार्जिङको प्रयोग गर्ने हो भने ग्राहकहरुले टाढा जाँदा पनि चार्जर बोकेर हिँड्नुपर्ने झण्झटबाट मुक्ति पाउनेछन् ।
 
३  होम बटन थिचेरै फोटो

यो मोवाइल अत्यन्तै छिटो तस्बिर लिन सक्छ । यदि तपाईंलाई कुनै वस्तुको छिटो तस्बिर खिच्न चाहनुहुन्छ भने तपाईंले दुई पटक होम स्क्रिनमा टच गरेर नै फोटोमा जान सक्नुहुन्छ । यस अघि फोटो खिच्न होम स्क्रिन अनलक गरेर क्यामेरा अन गर्नु पर्दथ्यो ।
यो मोवाइलले ०.७ सेकेन्डमा नै तस्बिर खिच्ने, सामसङ नेपाल कार्यालयका प्रणयराज स्थापितले बिहिवार सार्वजनिक कार्यक्रममा दिए । यो मोवाइलबाट सनसेट, सेल्फी लगायतका तस्बिरहरु निकै राम्रो खिच्ने कम्पनीले जनाएको छ ।
 
४  एपार्चर क्यामेरा

नयाँ मोवाइलमा कम्पनीले १.९ एपार्चर क्यामेरा राखेको छ । यो मोवाइलले एकदम थोरै प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सक्छ । सामसुङका यी दुई फोनमा भएको यो विशेषता अहिलेसम्मका कुनै पनि स्मार्टफोनमा उपलब्ध नभएको कम्पनीले दावी गरेको छ ।
सामसङको यो फोनले कम प्रकाशमा आइफोन सिक्सले भन्दा कयौं गुणा बढी राम्रो तस्वीर खिच्ने जानकारी दिएको छ ।
अटो फोकसको सुविधा राखिएको यो मोवाइलमा १६ मेगापिक्सेलको क्यामेरा छ । यस्तै फ्रन्ट क्यामेरा पनि पाँच मेगापिक्सेलको छ । यो मोवाइलको फ्रन्ट क्यामेराले पनि राम्रो तस्बिर खिच्नेछ । यो मोवाइलले ‘लो लाइटमा पनि अमेजिङ फोटो खिच्ने’ कम्पनीको भनाइ छ ।
 
. एजमा कलर सेट गर्ने

धेरै व्यस्त हुने तथा फोन उठाउन नभ्याउने वा म्यासेजसमेत लेख्न नभ्याउनेका लागि सामसुङ ग्यालेक्सी सिक्स एजमा एउटा नयाँ विशेषता राखिएको छ, त्यो हो कलर सेट गर्ने । तपाईंले पाँचवटासम्म मोवाइल नम्बरलाई वभिन्न रङमा सेभ गर्न सक्नुहुन्छ ।
यदी तपाईंले मोवाइल चलाउन नसक्ने अवस्थामा फोन घोप्टो पारेर राख्दा पनि एजमा देखाउने रङले कलरलार्इ चिन्न मद्दत गर्छ । घोप्टो पारेर राखेकै अवस्थामा तपाईंले मोवाइलको पछाडिको क्यामेरासँगको सेन्सरमा टच गरेर आफूले सेट गरेको म्यासेज फोन गर्ने व्यक्तिलाई पठाउन सक्नुहुन्छ ।
 
. फिंगर प्रिन्टसहितको सेक्युरिटी

सामसुङ मोवाइलले यसअघि आफ्ना मोवाइलमा नभएको फिंगर प्रिन्टसहितको सेक्युरिटी प्रणाली पनि यो मोवाइलमा जडान गरेको छ । जसबाट तपाईंको फोन अरुले अनलक गर्ने वा चलाउनबाट जोगिनेछ । यस्तै यो मोवाइलमा वन क्लिक  कन्टेन्ट सेयररिङ, एज क्लकलगायतका सुविधा पनि छ ।
 
एस सिक्स र एस सिक्स एजमा फरक

.  मूल्यमा १७ हजारको फरक
सामसुङ ग्यालेक्सी सिक्स एस र सिक्स एस एजको मूल्यमा १७ हजार रुपैयाँ फरक छ । ग्यालेक्सी एसको मूल्य ७७ हजार नौसय रुपैयाँ रहेको छ भने सिक्स एजको मूल्य ९४ हजार नौसय रुपैयाँ रहेको छ ।
.  डाइमेन्सनमा अन्तर
ग्यालेक्सी एस सिक्सको तौल एकसय ३८ ग्राम छ भने सिक्स एजको तौल एकसय ३२ ग्राम छ । ग्यालेक्सी सिक्स १४३.४*७०.५*६.८ एमएम तथा सिक्स एजको १४२.१*७०.१*७.० मिलिमिटर आकार रहेको छ ।
 
.  ब्याट्रीको अन्तर
ग्यालेक्सी सिक्समा २५ सय ५० एमएच पावरको ब्याट्री प्रयोग गरिएको छ भने सिक्स एस एजमा २६ सय एमएच पावरको ब्याट्री प्रयोग गरिएको छ ।