काठमाडौँ । नेपाल राष्ट्र बैंकले पिपल्स फाइनान्स लिमिटेड माथिको कारबाही फुकुवा गरेको छ । पिपल्स फाइनान्सलाई २०६८ भदौ २५ देखि राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही गर्दै आएको थियो ।घरजग्गा क्षेत्रमा अत्याधिक कर्जा लगानी गरेपछि सम्यामा परेको फाइनान्सले खराब ऋण उठाउन थालेपछि केही सुधार आएको थियो ।
पिपल्स फाइनान्स एक्लै अगाडि बढ्न नसक्ने देखिएपछि सिटिजन्स बैंक इन्टरनेशनलसँग एक्विजिसनमा जाने निर्णय गरेको थियो ।
सिटिन्सले खरीद गर्ने टुङ्गो लागेपछि राष्ट्र बैंकले एकिकृत कारोवार गर्न पनि स्वीकृति दिएको छ । बैशाख २५ बाट सिटिजन्स बैंक इन्टरनेशनलका नामबाट एकिकृत कारोवार हुँदैछ ।











