त्रिवेणी, ब्राइट र पब्लिकलाई मर्ज अनुमति, बैशाख तेस्रो सातासम्म एकिकृत कारोवार सुरु हुने



बिजमाण्डू
२०७२ बैशाख ४ गते ००:०० | Apr 17, 2015

काठमाडौं । नेपाल राष्ट्र बैंकले त्रिवेणी विकास बैक लिमिटेड, ब्राइट डेभलपमेण्ट बैंक लिमिटेड र पब्लीक डेभलपमेण्ट बैंक लिमिटेडलाई गाभिन ‍(मर्ज हुन) अन्तिम स्वीकृति दिएको छ । गत असारमा यी तीन वटा विकास बैक मर्ज हने संझौता गरेका थिए ।
 
राष्ट्र बैंकको विहबार बसेको सञ्चालक समितिको बैठकले यी तीनवटा विकास बैकलाई मर्ज हुन अनुमति दिएको हो । राष्ट्र बैकबाट पत्र पाएपछि संयुक्त कारोबारको मिति तय हुने जानकारी ब्राइट डेभलपमेण्टका अध्यक्ष भेज प्रसाद तिमल्सिनाले बताए । क्षेत्रीय विकास बैंकका रुपमा रहेका यी तीन वटा सस्था मर्ज पछि राष्ट्रिय स्तरको विकास बैंक बन्नेछ ।

Tata
GBIME
Nepal Life

 

वैशाख तेस्रो सातासम्ममा एकिकृत कारोबार सुरु गर्ने योजना मर्जर समितिको छ । सार्वजनिक विदा धेरै भएको कारण वैशाख २० गतेसम्ममा एकिकृत कारोबार सुरु हुने मर्जर समितिका एक सदस्यले बताए ।
 
मर्जरपछि त्रिवेणी बिकास बैंककै नामबाट एकिकृत कारोबार हुने छ। क्षेत्रीय स्तरका तीनवटै संस्था मर्जरपछि राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा सञ्चालनमा आउने छ। तीन वटा  सस्था मर्ज भएपछि बन्ने बै चुक्ता पुँजी ७४ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै लगानी साढे पाँच अर्बको हाराहारीमा हुनेछ भने निक्षेप ६ अर्ब रुपैयाँ नाघ्छ । तीन वटा सस्था मर्ज पछि शाखा २३ वटा र एक्स्टेन्सन काउन्टर पाँच वटा हुनेछन् । थप तीन वटा शाखा चाँडै स्थापना गर्ने योजना रहेको छ ।
 
त्रिवेणी विकास बैक यस वर्ष १०.७५ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर वितरण दिएको थियो भने ब्राइट डेभलपमेण्टले  २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।