सन् २०१७ सम्ममा आउँदै छ उड्ने कार बजारमा, स्लोभाकियाको एरोमोबिलले बनायो उड्ने कार

बिजमाण्डू
२०७२ बैशाख ४ गते ००:०० | Apr 17, 2015

नयाँदिल्ली । अचम्म लाग्न सक्छ ‘उड्ने कार’ बजारमा आउँदै छ भन्दा । तर स्लोभाकियाको एरोमोबिल नामकाे कम्पनीले दुई वर्षभित्र उड्ने कार बजारमा ल्याउने भएको छ ।

Tata
GBIME
Nepal Life

यो कारको निर्माण पुरा भएको कम्पनीले जनाएको छ । अक्टोबर २०१४ मा परीक्षण गरिएको भएपनि कारको पंखा ड्राभइरको पछिल्लो सिटमा आउने भएकाले अहिले परिमार्जन भइरहेको छ । पहिलो मोडल अनौठो देखिएको र सजिलोसँग प्रयोग गर्न नसकिने भएकाले परिस्कृत स्वरुपमा सार्वजनिक गर्न लागिएको कम्पनीले जनाएको छ ।

यो कारमा एक ट्याङ्क पेट्रोल भर्न सकिन्छ, जसबाट सजिलैसँग चारसय ३० माइल यात्रा पुरा हुन्छ । एक ट्याङ्कमा कति लिटर पेट्रोल अट्छ भन्ने खुलाइएको छैन ।

हावामा उड्दा यसको दुईवटा पङ्खा फैलन्छ भने सडकमा गुड्दा ती पङ्खा सजिलै फोल्ड गर्न सकिन्छ । कार निर्माता कम्पनीका अनुसार फ्लाइङ कार ‘एरोमोबिल’मा कार तथा हवाइजहाजमा रहेका उपकरण प्रयोग गरेर सञ्चालन गर्न सकिन्छ ।

अहिले उपलब्ध भइरहेको यातायातको साधनहरुमा यस्तो कार सजिलैसँग घुलमिल हुने दावी कम्पनीको छ । एरोमोबिलका  प्रवक्ता टाटानिया वेबरका अनुसार यस्तो कारको निर्माणको अवधारणा १९९० देखि नै सुरु गरिएको थियो । कम्पनीले बताए अनुसार कारको तेस्रो मोडल अष्ट्रियामा हुने पायनियर महोत्सवमा देखाइनेछ ।

कम्पनिका अनुसार यो कार निकै आकर्षक र ड्राइभरका लागि आरामदायी हुनेछ । जसमा अल्ट्रालाइट र स्पोर्टस् दुवै कारका बिशेषताहरु रहने अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई उदृत गर्दै नवभारत टाइम्सले लेखेको छ ।

एरोमोबिलका संस्थापक तथा सिइओ जुराज बैकुलिकले एक प्यानल डिस्कसनमा यो कारको भविष्य उज्वल रहेको बताएका थिए । उनले यो कार अहिलेको यातायातको दुनियाँमा सजिलै घुलमिल हुने दावी गरे ।