निम्बसले कुखुराको बीमा गरिदिन थाल्यो, काभ्रेमा आठ हजार चल्लाको बीमा गरेर कार्यक्रम सुरु

बिजमाण्डू
२०७२ बैशाख ४ गते ००:०० | Apr 17, 2015
निम्बसले कुखुराको बीमा गरिदिन थाल्यो, काभ्रेमा आठ हजार चल्लाको बीमा गरेर कार्यक्रम सुरु

काठमाडौं । निम्बसले शक्ति दाना उपभोग गर्ने कुखुरा पालक किसानहरुलाई ईन्स्योरेन्स सेवा उपलब्ध गराउन शुरु गरेको छ । सेवाको शुभारम्भ काभ्रे जिल्लाबाट बैशाख ३ गते सुरु गरिएको हो । पहिलो दिन आठ हजार ब्रोईलर चल्लाको बीमा गरिएको हो ।

Tata
GBIME
Nepal Life

काठमाण्डौं उपत्यका केन्द्रित किसानहरुबाट यो सेवा शुरु गरिएको र आगामी दिनमा देशैभरि कुखुरा पालक किसानमा विस्तार गर्ने निम्बसले जनाएको छ ।

किसानहरुले तिर्नुपर्ने बीमा शुल्क निम्बसले बेहोर्ने छ । उक्त बीमाले आगलागी, चट्याङ्ग, भुकम्प, बाढि, पहिरो, डुबान, आँधिबेहरी, असिना, तुषारो, आकस्मिक दुर्घटना र रोगबाट हुने क्षति व्यहोर्नेछ ।

बर्ड फ्लू रोगबाट हुने क्षति अन्तर्गत बीमकले क्षतिपूर्ति नपाउने भएपनि निम्बसको बर्ड फ्लू राहत कोषले उक्त जोखिमको न्यूनिकरण गरेको छ । सरकारले बर्ड फ्लू रोग नियन्त्रण आदेश २०६६ अनुसार प्रदान गरिने क्षतिपूर्ति निम्बसले सहयोग स्वरुप किसानलाई प्रदान गर्दै आएको छ । उक्त बीमालेखको लागि ओरियन्टल ईन्स्याोरेन्सँग निम्बसले सहकार्य गरेको छ ।   

ओरियन्टल ईन्स्याोरेन्सको कृषि तथा लघु बिमा पोलिसी अन्तगर्त कुखुरा पालक कृषकहरुलाई ईन्स्याोरेन्स सेवा प्रदान गर्ने प्रावधान छ । हाल निम्बसले शुरु गरेको यस बीमा सेवामा केवल शक्ति दाना प्रयोग गर्ने किसा मात्र लाभान्वित हुनेछन् ।