एनसेलको प्रिपेडबाट अब कोसेली, २० मिनेट टक टाइम, ४० र ५०० एमबी डेटा उपहार पठाउन सक्ने

बिजमाण्डू
२०७२ बैशाख ४ गते ००:०० | Apr 17, 2015
एनसेलको प्रिपेडबाट अब कोसेली, २० मिनेट टक टाइम, ४० र ५०० एमबी डेटा उपहार पठाउन सक्ने

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७२ को अवसरमा आफ्ना प्रिपेड ग्राहकका लागि एनसेल कोसेली नामको नयाँ सेवा सुरु गरेको छ ।
 
नयाँ सेवा मार्फत अब एनसेलका प्रिपेड ग्राहकले आफ्ना प्रियजन तथा साथीभाइलाई एनसेलको कुनै पनि नम्बरमा कल गर्न मिल्ने टक टाईम र डेटा प्याक उपहार स्वरुप पठाउन सक्नेछन् ।
 
एनसेल कोसेली यही वैशाख ५ बाट लागु हुनेछ । यो सेवामा एनसेलका प्रिपेड ग्राहकले अर्को प्रिपेड प्रयोगकर्तालाई २० मिनेटको अन नेट टक टाइम, ४० एमबी डेटा र ५०० एमबी डेटा उपहार स्वरुप पठाउन सक्नेछन् ।
 
२० मिनेट टक टाइम उपहारको शुल्क कर सहित ४९ रुपैयाँ ४७ पैसा लाग्नेछ । साथै ४० एमबी डेटा उपहारको शुल्क कर सहित एक सय ११रुपैयाँ ८७ पैसा र ५०० एमबी डेटा उपहारको चार सय ५० रुपैयाँ ८७ पैसा लाग्नेछ ।
 
उपहार स्वरुप प्राप्त टक टाइम एनसेलको कुनै पनि नम्बरमा कुरा गर्न प्रयोग गर्न सकिनेछ । यसको प्रयोगका लागि कुनै समयसीमा छैन । डेटा उपहार ३० दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।

Tata
GBIME
Nepal Life

ग्राहकले एनसेल कोसेलीेको सुविधा निःशुल्क प्रयोग गर्न सक्छन् । उपहार वापतको शुल्क भने उपहार पठाउने ग्राहकको ब्यालेन्सबाट काटिनेछ ।  
 
ग्राहकले १७१११ डायल गरी निर्देशन अनुसार आफुले चाहेको उपहार छान्न र प्रीयजनलाई सजिलै उपहार गर्न सक्छन् । विभिन्न नम्बरमा जति पटक पनि उपहार पठाउन सकिनेछ । एउटै नम्बरले भने टक टाइमको उपहार दिनमा अधिकतम २० पटकसम्म र डेटा उपहार दुई दिनमा अधिकतम २० पटकसम्म पाउन सक्नेछन् ।
 
“एनसेल कोसेलीले हाम्रा प्रिपेड ग्राहकलाई आफ्ना प्रियजनसँग उपहार आदान प्रदान गर्दै थप सम्पर्कमा रहन सहज बनाएको छ । यसले नयाँ वर्षका हरेक दिन खुशियालीले भरिपूर्ण बनाउन मद्दत गर्ने विश्वास लिएका छौं,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।