सामसङ मोबाइल एक्स्पोमा प्रत्येक मोबाइल खरीदमा साडी उपहार, आठ दिनमा साढे नौ करोडको कारोबार

बिजमाण्डू
२०७२ बैशाख ५ गते ००:०० | Apr 18, 2015
काठमाडौं । राजधानीको सुन्धारास्थित सिटिसीमलमा जारी सामसङ मोबाइल एक्स्पोमा शनिबार प्रत्येक मोबाइल खरीदमा साडी उपहार दिएको छ ।
एक्स्पोको ९औं दिन आमा खुवाउने औंसीको अवसर मोबाइल खरीदमा साडी उपहार दिएको हो । शुक्रवारसम्म ९ करोड ५५ लाख भन्दा बढीको कारोबार भइसकेको सिटीसी मोबाइल बजारका सचिव आविस्कारलाल श्रेष्ठले बताए ।

उनका अनुसार अहिलेसम्म ६ लाखले अवलोकन गरिसकेका छन् । एक्स्पोमा सामसङ, माइक्रोम्याक्स, कलर्श, पानासोनिक, कार्बन, हुवावे र जियोनी मोबाइलको कारोबार उच्च भएको बजारका कोषाध्यक्ष मनोज मानन्धरले जानकारी दिए ।

Tata
GBIME
Nepal Life

 एक्स्पोमा दैनिक १० भन्दा बढी लक्की ड्र भइरहेको छ । प्रबेशसँगै लक्की ड्र मा प्रबेश गर्नेहरुलाई प्रत्येक घण्टा लक्की ड्र मा समाबेश गराइरहेको आयोजकले बताएका छन् ।