काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको सेयर नपरेका र आंशिक परेकाहरु रकम फिर्ता लिन लामो लाइन बसेका छन् । फागुन १७ गतेबाट निस्कासन भएको सेयरका लागि तीन सय ५५ गुणा आवेदन परेको थियो ।
.jpg)
बैंकको निस्कासन तथा बिक्री प्रबन्धक ग्रोमोर मर्चेन्ट बैंकरले बैशाख ६ गतेबाट रकम फिर्ता थालेपछि पैसा फिर्ता लिनेको घुँइचो लागेको हो ।
.jpg)
२०६७ कात्तिक २८ गते बाट वित्तीय कारोबार संचालन गरेको बैंकले सर्वसाधारणलाई पुँजीको ४५ प्रतिशत साधारण सेयर बिक्री गरेको थियो ।
.jpg)
बैंकको अहिले एक करोड १० लाख रुपैयाँ चुक्ता पुँजी छ । सर्वसाधारणलाई सेयर बाँडफाँड गरेपछि कम्पनीको पुँजी दुई करोड रुपैयाँ पुगेको छ । कम्पनीले ९० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको थियो ।
.jpg)











