सञ्चालक छान्न चिलिमेले बोलायो विषेश साधारण सभा, कर्मचारीको समूहबाट दुई जना छानिने

बिजमाण्डू
२०७२ बैशाख ६ गते ००:०० | Apr 19, 2015
सञ्चालक छान्न चिलिमेले बोलायो विषेश साधारण सभा, कर्मचारीको समूहबाट दुई जना छानिने


काठमाडौं । सञ्चालक छान्न चिलिमे हाइड्रो पावर कम्पनीले विषेश साधारण सभा बोलाएको छ । कम्पनीले दुई जना सञ्चालक छान्न साधारण सभा बोलाएको हो ।

‘दुईजना सञ्चालकको पदावधी चैत ३ गते सकियो, कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले भने, नियमित साधारण सभा पुसमा मात्रै हुने भएकोले विषेश साधारण सभाबाट सञ्चालक छान्नु परेको हो ।’ साधारण सभा वैशाख २३ गतेका लागि डाकिएको छ ।

Tata
GBIME
Nepal Life

चिलिमेमा तीन वटा समूहबाट सञ्चालक छानिन्छन् । क समूहमा नेपाल विद्युत प्राधिकरण, ख समूहमा प्राधिकरणका कर्मचारी र ग मा स्थानीय वासिन्दा र सर्वसाधारण लगानीकर्ता छन् । विषेश साधारण सभाले ख समूहका सञ्चालक छान्ने छ । यो समूहबाट सञ्चालक समितिमा दुई जनाले प्रतिनिधित्व गर्नेछन् । यो समूहको लगानी २५ प्रतिसत छ ।