नाङ्लो बसेको दरबारमार्गको जग्गा भाडामा दिने तयारी, जग्गाधनीले मागे नौ दिन भित्रमा आवेदन

बिजमाण्डू
२०७२ बैशाख ६ गते ००:०० | Apr 19, 2015
नाङ्लो बसेको दरबारमार्गको जग्गा भाडामा दिने तयारी, जग्गाधनीले मागे नौ दिन भित्रमा आवेदन


काठमाडौं । विगतमा नाङ्लो रेष्टुरेन्‍ट बसेको दरबारमार्गस्थित जग्गा नयाँ कम्पनीलाई भाडामा दिइने भएको छ । जग्गा धनीले यो जग्गा व्यवसायिक प्रयोजका लागि भाडामा दिने भन्दै प्रक्रिया अगाडि बढाएको हो ।

Tata
GBIME
Nepal Life

आइतबार सूचना सार्वजनक गर्दै जग्गा तथा भवनका संचालकले दरबारमार्गस्थित अन्नपूर्ण होटल तथा उडल्याण्ड होटलको बीचको जग्गा भाडामा दिने जनाएको छ । यसमा अहिले नाङ्लो बसेको भवन तथा केही पसलहरु संचालनमा छन् ।

जग्गाधनीले पसलले ओगटेको सातसय वर्गफुट, नौसय ५० वर्गफुट तथा तीनसय १५ वर्गफुट र नाङ्लो बसेको भवनको भुईंतला तथा पहिलो तला गरी आठहजार दुईसय १५ वर्गफुट भाडामा दिन लागेको जनाएको छ ।

जग्गाधनीले अबको नौ दिन भित्रमा सम्पर्क राख्न पनि भनेको छ । नाङ्लो रेष्टुरेन्ट बन्द भएपछि जग्गा तथा घरधनीले नयाँ भाडामा दिन खोजेको हो । ३८ वर्ष पुरानो नाङ्लो रेष्टुरेन्ट पुसमा बन्द भएको थियो । नाङ्लोका सञ्चालकले पनि दरबार मार्गमै जग्गा खोजिरहेको छ ।  

नेपालमा फाष्ट फुड कल्चर भित्र्याउने श्रेय पनि नाङ्लोलाई नै जान्छ । नाङ्लो बन्द भएपछि त्यहाँको सामान सानेपास्थित सेन्ट्रल किचेनमा लगिएको थियो । नाङ्लोमा झण्डै ८० कर्मचारी कार्यरत थिए ।