सेयर बजार ४.२२ अंकले घट्यो, कारोबार रकम पनि १४ करोडमा सीमित, होटल र जलविद्युत बढ्यो

बिजमाण्डू
२०७२ बैशाख ६ गते ००:०० | Apr 19, 2015
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारसँगै कारोबार रकम पनि ओरालो लागेको छ । सेयर बजार ४.२२ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) फेरि ९४५ अंकको तहमा ओर्लिएको छ ।
 
बजारमा १२२ कम्पनीका १४ करोड १५ लाख रुपैयाँ बराबरका सेयर किनबेच भएका छन् । कुल चार लाख ४२ हजार ९७७ कित्ता सेयर किनबेच भएको छ ।
 
बजार सुरुवात देखिनै घटेको थियो । होटल र जलविद्युत् वाहेक सबे सुचकहरु घटेका छन् । सबैभन्दा वढी बिमा २१.७६ अंक र अन्य १७.६२ अंकले घटेको छ । होटल १०.१२ अंक र जलविद्युत् १६.२९ अंकले बढेको छ । 
 
बैंकिङ २.७२ अंक, विकास बैंक १.९६ अंक, फाइनान्स १.४३ अंक र उत्पानमूलक क्षेत्र ३.०२ अंकले घटेको छ । 
 
कुल कारोबार १४ करोड १५ लाखमध्ये नेशनल लाइफको मात्रै एक करोड ७८ लाख, नेपाल लाइफको एक करोड ३१ लाख, चिलिमे एक करोड ३० रुपैयाँको सेयर किनबेच भएको छ । सिटिजन्स् बैंक इन्टरनेशनलको ५६ लाख र प्रभु बैंकको ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बाँकी कम्पनीको ५० लाखभन्दा कमकै कारोबार भएको छ ।
 
बजार घट्दा पनि कालिञ्चोक डेभलपमेन्ट बैंक, सिभिल बैंक, मनास्लु विकास, ग्लोबल आइएमइ, अरुणभ्यालीलगायतका लगानीकर्ताले कमाएका छन् । गुमाउनेमा नेको इन्स्योरेन्स, हामा मर्चेन्ट, कसमस डेभलपमेन्ट, इन्नोभेटिभ डेभलपमेन्टलगायतका लगानीकर्ता छन् । 

Tata
GBIME
Nepal Life