गैरसरकारी संस्थाका कारण विकास आयोजनामा प्रतिकुल असर, जोखिम मोलेर काम गर्ने संस्कारमा कमी

बिजमाण्डू
२०७२ बैशाख ६ गते ००:०० | Apr 19, 2015
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुका कारण विकास आयोजनामा प्रतिकुल असर परेको बताएका छन् ।
‘गैरसरकारी संस्थाहरुको कारण हामी नेपालीमा जोखिम मोलेर काम गर्ने संस्कारमा ह्रास आएको छ,’ नेपाल उद्योग परिसंघद्वारा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘यसले विकास आयोजनामा प्रतिकुल असर परेको छ ।’

उनले परियोजनाको उचित व्यवस्थापन नहुँदा विकासका लागि प्रमुख चुनौती भएको बताउँदै कर्मचारी सरुवाले पनि समस्या परेको बताए । उनका अनुसार सन् २०१७पछि एक हजार मेगावाट विजुली वचत हुने बताउँदै अतिरिक्त विद्युत खपत गर्ने उद्योगलाई उत्पादन मूल्यमा दिइनेछ । आयोगका सदस्य डा. स्वर्णिम वाग्लेले भैरहवामा निर्माण भएको विशेष आर्थिक क्षेत्र संचालनको लागि उपयुक्त प्रक्रिया ल्याउन आग्रह गरे ।

Tata
GBIME
Nepal Life

‘विशेष आर्थिक क्षेत्रमा उद्योगीहरुको आर्कषण कम पाइयो,’ उनले भने, ‘यो संचालनका लागि उपयुक्त विधि र प्रक्रिया प्रस्ताव निजी क्षेत्रबाट आओस् ।’ आयोगकासदस्य डा. चन्द्रमणि अधिकारीले नेपालीलाई सर्शत विदेशमा लगानी गर्न दिनुपर्ने बताए ।

परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले विकास आयोजनाको ढाँचामा परिवर्तन गर्न आवश्यक रहेको बताउँदै आर्थिक रुपान्तरण सहित रोजगारी बढ्ने ढंगबाट निजी क्षेत्र मैत्री बनाउन आग्रह गरे ।कार्यक्रममा परिसंघका बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने कार्यक्रमहरुका बारेमा बताएका थिए ।