प्रभु बैंकले माथिल्लो व्यवस्थापनमा तीन जनालाई नियुक्ती दियो, डेपुटी सिइओमा तारा मानन्धर

बिजमाण्डू
२०७२ बैशाख ६ गते ००:०० | Apr 19, 2015
प्रभु बैंकले माथिल्लो व्यवस्थापनमा तीन जनालाई नियुक्ती दियो, डेपुटी सिइओमा तारा मानन्धर
 

Tata
GBIME
Nepal Life
तारा मानन्धर
काठमाडौं । प्रभु बैंकले माथिल्लो व्यवस्थापनमा तीन जनालाई जिम्मेवारी दिएको छ ।

बैंकले बैशाख १ गतेदेखि लागू हुनेगरी नायव प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक र वरिष्ठ प्रबन्धकमा नियुक्ती दिएको हो ।

 
बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा प्रमुख व्यापार अधिकृतका रुपमा कार्य गरिरहेका तारा मानन्धरलाई नियुक्त गरेको छ ।

मर्जरपछि बैंकको व्यापार/व्यवसाय वृद्धिको लागि रणनैतिक तथा दीर्घकालिन नीतिगत योजना बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई नायव प्रमुख कार्यकारी अधिकृत बनाइएको विज्ञप्तिमा उल्लेख छ । 

 
मानन्धर स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट तत्कालिन प्रभु विकास बैंकमा आएका थिए । किस्टलाई मर्ज गरेपछि उनी प्रभु बैंकमा महत्वपूर्ण जिम्मेवारीमा थिए । उनी बैंकिङ क्षेत्रमा १४ बर्षदेखि सक्रिय छन् । 
 
१३ बर्षे बैंकिङ अनुभव भएका सचिनजङ रायमाझीलाई बैंकले नायव महाप्रबन्धकमा नियुक्त गरेको छ । अब उनले प्रमुख सञ्चालन अधिकृतको रुपमा काम गर्ने छन् ।

 

रायमाझीसँग नेपाल राष्ट्र  बैंकमा  सात वर्ष काम गरेको अनुभव पनि छ । एनबी बैंक, एनसिसी बैंक र मेगा बैंकमा काम गरिसकेका छन् । 

 
बैंकिङ क्षेत्रको सुचना प्रविधिमा विशेष दखल भएका वपिन राजभन्डारीलाई बैंकले बरिष्ठ प्रबन्धक बनाएको छ । अब उनले बैंकको सुचना प्रविधि विभागको प्रमुखका रुपमा काम गर्ने छन् ।

राजभण्डारीसँग सम्बन्धित क्षेत्रको १६ वर्षको अनुभव छ । प्रभुमा आउनुअघि उनी एनआइसी एसियामा कार्यरत थिए ।