सुनको भाउ दुईसय रुपैयाँले बढ्यो, तोलाको ५१ हजार आठसय रुपैयाँमा कारोबार, चाँदी भने स्थिर

बिजमाण्डू
२०७२ बैशाख ७ गते ००:०० | Apr 20, 2015
सुनको भाउ दुईसय रुपैयाँले बढ्यो, तोलाको ५१ हजार आठसय रुपैयाँमा कारोबार, चाँदी भने स्थिर

काठमाडौं । सोमबार सुनको भाउ तोलामा दुईसय रुपैयाँले बढेको छ । सोमबार सुन तोलाको ५१ हजार आठसय रुपैयाँमा कारोबार भइरहेको छ ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ५१ हजार ६ सय रुपैयाँ रहेको सुन प्रतितोला दुईसयले बढेको हो । आइतबार भने सुनको भाउ स्थिर थियो ।

सुनको भाउमा सामान्य परिवर्तन भएको दिन चाँदीको भाउ भने स्थिर छ । महासंघका अनुसार आइतबार जस्तै सोमबार पनि चाँदीको भाउ तोलाको ६ सय ९५ रुपैयाँ छ ।