पुँजी बजार स्थिर देखियो, प्रमोटर सेयर कारोवार रकम बढ्यो, इन्स्योरेन्स र होटलले बृद्धि रोके

बिजमाण्डू
२०७२ बैशाख ७ गते ००:०० | Apr 20, 2015
पुँजी बजार स्थिर देखियो, प्रमोटर सेयर कारोवार रकम बढ्यो, इन्स्योरेन्स र होटलले बृद्धि रोके


काठमाडौं । सेयर बजार सोमबार स्थिर जस्तै देखियो । कारोबारको पहिलो चरणमा उतार चढाव भएको बजार अन्तिममा सुध्रिन खोज्यो र अघिल्लो दिनको तुलनामा थोरै मात्र घटेर रोखियो ।
 
कारोबार सुरु भएको आधा घण्टामा बजारले बढ्ने लय समातेको थियो । तीन प्रमुख दलका नेताहरुको बैठक बसेको र राजनीतिक निकासका लागि दलहरु लचिलो बनेको समाचार आएपछि बजारले हरियो रंग दिन थालेको थियो । दलहरु निचोडमा पुग्न नसकेपछि लगानीकर्ता फेरि निरास भए ।
 
सोमबार नेप्से ०.७२ अंकले ओर्लिएर ९४४.९८ अंकमा रोकियो । होटल, जलविद्युत र इन्स्योरेन्स समूहको सूचक घटेपछि बजारलाई माथि उक्लिन कठिन भयो । पुजीबजारको ठूलो ओगट्ने बैंक तथा वित्तीय सस्थाको सेयर मुल्य भने बढेको थियो ।
 
केही कम्पनीको सस्थापक सेयर किनबेचले कारोबार रकम बढायो । प्रोगेसिभ फाइनान्स र यति डेभलपमेन्ट बैंकको सस्थापक सेयर किनबेच भयो । यसले करोबार रकममा दुई करोड ८० लाख रुपैयाँको हाराहारीमा बृद्धि  गरेपछि कारोबार रकम बढेको हो । दिनभरमा जम्मा १७ करोड २८ लाख नौ हजार रुपैयाँको कारोबार भएको हो ।
 
सिटिजन्स बैंक इन्टरनेशनलले नाफा बढाएपनि लगानीकर्ता आकर्षित भएनन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा यो बैंकले ५० प्रतिसतले नाफा बढाएको विवरण सोमबार सार्वजनिक गरेपनि सेयर मुल्य भने प्रतिकित्ता १२ रुपैयाँको दरले घट्यो ।
 
राष्ट्रिय बीमा सस्थानको प्रतिकित्ता एक सय रुपैयाँले, लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ४२ रुपैयाँले, नेको इन्स्योरन्सको प्रतिकित्ता ४६ रुपैयाँले, नेशनल लाइफको ३० रुपैयाँले र एशियन लाइफको सेयर मुल्य १४ रुपैयाँको दरले घट्यो ।

Tata
GBIME
Nepal Life