लक्ष्मी बैंकको लमही र जलेश्वरमा नयाँ शाखा, दुबै शाखामा एटिएम पनि जडान, सबै सेवा उपलब्ध

बिजमाण्डू
२०७२ बैशाख ७ गते ००:०० | Apr 20, 2015
काठमाडौं । लक्ष्मी बैंकले मध्यपश्चिमस्थित दाङको लमही र मध्यमाञ्चलस्थित महोत्तरीको जलेश्वर बजारमा नयाँ शाखाहरु संचालनमा ल्याएकोे हो ।  
 
नयाँ शाखा थपिएसँगै बैंकको कुल शाखा संख्या ४२ पुगेको छ । बैंकसँग दुई वटा विस्तारित काउन्टर र ५२ वटा एटिएम छन् । 
 
नयाँ शाखाबाट इन्टरनेट बैंकिङ सेवा र मोवाईल फोन मार्फत बैंकिङ सेवा प्रादन गर्ने छ । बैंकले नयाँ थपिएका दुबै शाखाहरुमा एटिएम पनि सञ्चालनमा ल्याएको छ । 

Tata
GBIME
Nepal Life