सिप्रदी इनर्जीको डिलर भेला, बिक्रीपछिको सेवालाई प्राथमिकतामा राखेकाले कम्पनी अग्रणी भएको दावी

बिजमाण्डू
२०७२ बैशाख ८ गते ००:०० | Apr 21, 2015
सिप्रदी इनर्जीको डिलर भेला, बिक्रीपछिको सेवालाई प्राथमिकतामा राखेकाले कम्पनी अग्रणी भएको दावी


काठमाडौं। सिप्रदी इनर्जीले पहिलो पटक डिलर भेला गरेको छ। सोलार कारोबार गर्दै आएको यो कम्पनीले पहिलो पटक यस्तो भेला गरेको हो। 

भेलामा कम्पनीका संचालन अधिकृत राजनबाबु श्रेष्ठले वैकल्पिक ऊर्जाको भरपर्दो स्रोतको रुपमा सोलार व्यापारलाई कम्पनीले दीर्घकालिन रुपमा लिएर अघि बढेको बताए। 
 
'बिक्रीपछिको सेवालाई प्राथमिकतामा राखेर अघि बढेका छौं। हामी गतिशील विकास र ग्राहकको अलग्गै पहिचान बनाएकोले अग्रणी भएका हौं,' उनले भने, 'यही मान्यताका साथ अघि बढ्नेछौं।'
 
कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह( आइएसओ) मान्यता समेत पाइसकेको छ। कम्पनीले सोलार र इन्भर्टर व्याट्रीका दुईदेखि १२ भोल्टसम्मका सम्पूर्ण रेन्जहरु उपलब्ध गराउँदै आएको छ। 
 
भेलामा कम्पनीका प्रबन्ध निर्देशक शम्भुप्रसाद दाहाल, उपाध्यक्ष राजेशप्रसाद गिरी बरिष्ठ प्रवन्धक प्रेमराज न्यौपाने लगायतको उपस्थिती थियो। 
 
कार्यक्रममा एक्साइड ब्याट्री इन्डियाका उपाध्यक्ष अरुण मित्तल, एक्साइड इन्डस्ट्रिजका प्रबन्धक कनड सनियालले विगत ६९ वर्षदेखि गुणस्तरीय ब्याट्री उत्पादन गरेकोले उपभोक्ताले मनपराएको बताए। कम्पनीले सन् २०१० देखी नेपालमा एक्साइड इन्डस्ट्रियल ब्याट्री, एक्साइड सोलार ब्याट्री, सोलार पातार ल्यूमिनस होम युपिएस को बिक्रीबितरण गर्दै आइरहेको छ भने नेपालभर यसको करिब एकसय ४० डिलर रहेको छ। 

Tata
GBIME
Nepal Life