एभरेष्ट बैंकको नाफा एक अर्ब १९ करोड रुपैयाँ, १० प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी भने घट्यो

बिजमाण्डू
२०७२ बैशाख ८ गते ००:०० | Apr 21, 2015
एभरेष्ट बैंकको नाफा एक अर्ब १९ करोड रुपैयाँ, १० प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी भने घट्यो

काठमाडौं । एभेष्ट बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा एक अर्ब १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको चैतसम्मको अवधिको तुलनामा १० प्रतिशतले नाफा बढाएको हो ।
 
एभरेष्टले गत वर्षको यो अवधिमा एक अर्ब आठ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।  गत आर्थिक वर्षमा बैंकले एक अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
बैंकले यो अवधिमा तीन अर्ब ५९ करोड रुपैयाँ कूल ब्याज आम्दानी गरेको छ भने एक अर्ब ५० करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ । बैंकको अन्य संचालन आम्दानी सात करोड रुपैयाँले बढेर २८ करोड रुपैयाँ पुगेको छ ।

Tata
GBIME
Nepal Life

दुई अर्ब १३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको निक्षेप तथा कर्जा लगानी दुवै बढेको छ । बैंकले यो अवधिमा ७१ अर्ब पाँच करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको यो अवधिमा बैंकले ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । यही अवधिमा ५६ अर्ब रुपैयाँ लगानी पनि बैंकले गरेको छ । गत वर्ष बैंकको कर्जा लगानी ५० अर्ब थियो ।

बैंकको सिडी रेसियो ७९.१७ प्रतिशत रहेको छ भने प्रति सेयर आम्दानी ७८.९१ रुपैयाँ रहेको छ । गत वर्ष प्रति सेयर आम्दानी ८०.०२ रुपैयाँ थियो । बैंकको आधार दर गत वर्षको भन्दा केहि कम भएपनि अघिल्लो त्रैमासको तुलनामा भने बढेको छ । बैंकको यो अवधिमा आधार दर ६.०९ प्रतिशत छ । गत वर्षको यही अवधिमा आधार दर ६.३९ प्रतिशत थियो ।