जाजरकोटमा स्वाईन फ्लुबाट मुत्यु भएकालाई आईजीसीको सहयोग, प्रत्येक परिवारलाई दश हजार

बिजमाण्डू
२०७२ बैशाख ८ गते ००:०० | Apr 21, 2015
काठमाडौं ।  इन्सेन्टिभ ग्रुप अफ कम्पनीज(आईजीसी)ले जाजरकोटमा स्वाईन फ्लुबाट मुत्यु भएको प्रत्येक परिवारलाई १० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । पर्यटन, हवाई उड्ययन क्षेत्र लगायतका व्यवसायमा संलग्न यो समूहले लायन्स क्लब अफ काठमाण्डू इन्टलिजेन्सको सहकार्यमा यो सहयोग हस्तान्तरण गरेको हो । उपचारको पखाईमा रहेका विरामीलाई समेत यो समूहले सहयोग गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tata
GBIME
Nepal Life

जाजरकोटमा स्वाइन फ्लुबाट २४ जनाले ज्यान गुमाइसकेका छन् । रकम जाजरकोटका प्रमुख जिल्ला अधिकारीको खातामा जम्मा भइसकेको कम्पनीले जनाएको छ । यो रकम प्रमुख जिल्ला अधिकारीले मृतकका परिवारलाई हस्तान्तरण गर्ने लायन्स क्लब अफ काठमाण्डूका अध्यक्ष सन्तोष खतिवडाले बताए ।
‘जाजरकोटका दुर्गम वस्तीका नेपाली दाजुभाईहरु पीडामा पर्दा हामीलाई पनि दुख्यो, त्यसैले हामीले सानै रकम भएपनि राहतस्वरुप प्रदान गर्न कोशिस गरेका हौ,’ इन्सेन्टिभ ग्रुपका कार्यकारी अध्यक्ष हरिमान लामाले भने ।