सेयर बजार स्थिर, संस्थापक सेयरले कारोबार रकम बढ्यो, करिव २२ करोड रुपैयाँको सेयर कारोबार

बिजमाण्डू
२०७२ बैशाख ८ गते ००:०० | Apr 21, 2015
सेयर बजार स्थिर, संस्थापक सेयरले कारोबार रकम बढ्यो, करिव २२ करोड रुपैयाँको सेयर कारोबार
काठमाडौं । साढे चार अंकसम्म बढेको सेयर बजार दिउँसोतिर राजनीति नमिलेको समाचार सार्वजनिक भएपछि घटेको छ । बजार ०.१४ अंकले बढेर बन्द भएपनि साढे चार अंकको उचाइ लिएपछि केही समय रातो भएको थियो ।
 
दिनभरीमा १२५ कम्पनीका चार लाख १९ हजार ६७७ कित्ता सेयर किनबेच भएको छ । केही संस्थाको ठूलो मात्रामा संस्थापक सेयर किनबेच भएकाले समग्र कारोबार रकममा सुधार देखिएको छ ।
 
दिनभरीमा २१ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । तीन कम्पनीको सेयर दुई करोडभन्दा वढीको कारोबार भएको छ । प्रभु बैंकको दुई करोड ४५ लाख, नेपाल लाइफको संस्थापक दुई करोड ३१ लाख र साधारण एक करोड तीन लाख रुपैयाँको कारोबार भएको छ ।
 
नेशनल लाइफको संस्थापक दुई करोड २४ लाख र साधारण एक करोड नौं लाख रुपैयाँको कारोबार भएको छ । नबिल बैंकको पनि एक करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । एनसिसी बैंकको ८७ लाख र चिलिमेको ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
 
टुरिजम डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । मिथिला लघुवित्त, प्रोफेसनल दियालो, मेट्रो, मनास्लु विकास बैंकलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
 
गुमाउनेमा युनाइटेड फाइनान्स, तिनाउ डेभलपमेन्ट, हिमालयन डिस्ट्रिलरी, एपेक्सलगायका कम्पनीका लगानीकर्ता छन् ।
 
बैंकिङ, होटल र विकास बैंक सुचक बढेको छ । अन्य सुचक स्थिर रहयो भने बाँकी घटेका छन् । मूख्यगरी बीमा समूहले बजारलाई घटाएको हो । 

Tata
GBIME
Nepal Life