चार लाख डाउन पेमेन्टमा फियाटका कार, कार किन्न फाइनान्सको सुविधा, भोलीदेखि एक्सचेन्ज अफर

बिजमाण्डू
२०७२ बैशाख ८ गते ००:०० | Apr 21, 2015
चार लाख डाउन पेमेन्टमा फियाटका कार, कार किन्न फाइनान्सको सुविधा, भोलीदेखि एक्सचेन्ज अफर


काठमाडौं । फियाट गाडीका लागि नेपालको आधिकारीक विक्रेता लाईफ अटो मोबाईलले तीन लाख ९९ हजारको डाउन पेमेन्टमा फियाट कार किन्न सकिने योजना ल्याएको छ ।

Tata
GBIME
Nepal Life

नयाँ वर्षको अवसर पारेर कम्पनीले सिमित अवधिका लागि यो योजना ल्याएको हो । ग्राहकले तत्कालै कार किन्न फाइनान्सको सुविधा पनि दिएको कम्पनीले जनाएको छ । कम्पनीले उपभोक्ताको सुविधाका लागि वैशाख ९ गतेदेखि १३ गतेसम्म एक्सचेन्ज अफर समेत ल्याएको छ ।सवारी साधनको  नेपालको प्रमुख पाँच रिकन्डिसन हाउस मार्फत मूल्यांकन गरेर फियाटका गाडी किन्न सकिने कम्पनीले जनाएको छ ।  कम्पनीले टेस्ट ड्राईभमा सहभागी गराएर उपहार समेत दिने जनाएको छ ।

फियाटका पुन्टो ईभो एक्टिभा, पुन्टो ईभो डाईनामिक र पुन्टो ईभो ईमोशन बजारमा छन् ।  ईभोलुशन सिरिजका फियाट गाडीहरु शतिशालि ह्याचब्याक भएको कम्पनीको दावी छ । गाडीमा ‘फुल्लि ईन्टिग्रेटेड रोबोटाईज्ड ईन्जिन’ (फायर) जडान गरिएको छ । १२०० देखि १४०० सिसिको ईन्जिन भएका यी गाडीहरु १८५ मिलीमिटर देखी १९५ मिलीमिटर सम्मको ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ । 

गाडीमा डुयल स्टेज एयरब्याग र अटो ब्रेकिङ्ग सिस्टम रहेको छ भने आरामदायी र स्टाईलको लागि व्लुटुथ कनेक्टिभिटी, माई कार सिस्टम, फलो मि हेडल्याम्प, एक्ज्याक्ट डोर ओपन ईन्डिकेटर लगायतका विशेषता रहेका छन् । नेपालमा फियाट गाडीका पाँच सय भन्दा बढी उपभोक्ताहरु रहेका छन् ।