चारलाख ७९ हजार डाउनपेमेन्टमा स्कोडाको र्‍यापिड कार, फाइनान्स, एक्सचेन्जलगायतका सुविधा

बिजमाण्डू
२०७२ बैशाख ९ गते ००:०० | Apr 22, 2015
चारलाख ७९ हजार डाउनपेमेन्टमा स्कोडाको र्‍यापिड कार, फाइनान्स, एक्सचेन्जलगायतका सुविधा

काठमाडौं । स्कोडा कारको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लुले नेपाली ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । एमएडब्लुले ल्याएको नयाँ योजना अनुसार अब ग्राहकले चारलाख ७९ हजार रुपैयाँ तिरेर स्कोडा र्‍यापिड कार पाउनेछन् ।

Tata
GBIME
Nepal Life

यस्तै कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राखेर कुनैपनि पुरानो कारसँग स्कोडा रेपिड कार साट्दा एक्सचेन्ज बोनस तथा स्कोडाकै कार सँग नयाँ स्कोडा रेपिड कार साट्दा आकर्षक लोयल्टी बोनस योजना पनि ल्याएको छ । यस्तै विशेष सुविधा अनुरुप स्पट एक्स्चेन्ज, फाईनान्स र तुरन्तै डेलिभरीको सुविधासँगै आफ्नो पुरानो गाडीको पनि उचित मूल्य दिइने कम्पनीले जनाएको छ ।

रेपिड कार एक्टिभ प्लस, एम्विसनप्लस र एलिजेन्स गरी तीन वटा सेगमेन्टमा उपलब्ध छ । १६ सय सिसीको यो कार आफ्नो श्रेणीमा सबैभन्दा लामो, मजबुत र सुपथ मुल्य भएको आरामदायी युरोपियन सेडान कार भएको कम्पनीले दावी गरेको छ ।

यो कारको ग्राउण्ड क्लियरेन्स एकसय ६८ एमएम छ । गाडीमा एयर व्याग, एन्टि लक ब्रेकिङ सिस्टम लगायतका सुविधा रहेका छन् । स्कोडाले पेट्रोल र डिजेलबाट चल्ने छुट्टाछुट्टै कार बजारमा ल्याएको हो ।

यस्तै कम्पनीले स्कोडा कारको एक्सचेन्ज क्याम्प पनि सञ्चालन गर्ने भएको छ । थापाथलिस्थित स्कोडाको शोरुममा वैशाख १० देखि १७ गतेसम्म एक्सचेन्ज क्याम्प सञ्चालन हुनेछ । ग्राहकले स्कोडा शोरुममा गई रेपिड कारको टेष्ट ड्राईभ गर्दा आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले यो योजना वैशाख १० गतेदेखि सिमित अवधिको लागि ल्याएको जनाएको छ । चार लाख ७९ हजार डाउन पेमेन्टमा आएको यस्तो योजना युरोपियन सुविधायुक्त कार प्रयोग गर्ने उपयुक्त अवसर भएको कम्पनको भनाई छ । अन्य ब्राण्डका कार प्रयोग गरिरहेकाहरुको लागिपनि स्कोडा कार प्रयोग गर्ने उपयुक्त अवसर यही हुन सक्ने कम्पनीले जनाएको छ ।