वैशाख २६ देखि थप सात कम्पनीको डिम्याट मात्रै कारोबार, डिम्याट कारोबार हुनेको संख्या २१ पुग्यो

बिजमाण्डू
२०७२ बैशाख १० गते ००:०० | Apr 23, 2015
वैशाख २६ देखि थप सात कम्पनीको डिम्याट मात्रै कारोबार, डिम्याट कारोबार हुनेको संख्या २१ पुग्यो

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले थप सात वटा कम्पनीको डिम्याट सेयर मात्रै कारोबार हुने व्यवस्था गरेको छ । वैशाख २६ गते देखि थप सात कम्पनीको डिम्याट मात्रै सेयर कारोबार गर्न पाउने सिडिएससीले जनाएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल, सानिमा माई हाइड्रोपावर, ज्योति विकास बैंक, निर्धन उत्थान बैंक, प्रुडेन्सियल इन्स्योरेन्स र एनआईडिसी डेभेलपेमन्ट बैंकको वैशाख २६ गते देखि डिम्याट सेयर मात्रै कारोबार हुनेछ ।

Tata
GBIME
Nepal Life

सिडिएससीले यस अघि १४ वटा कम्पनीको अनिवार्य रुपमा धितोपत्र कारोबार र राफसाफको काम डिम्याटमा मात्रै गर्ने व्यवस्था गरेको थियो । अब २१ वटै कम्पनीको सेयर विक्री भौतिक वा अभौतिक रुपमामा गरेपनि खरिदकर्ताले अभौतिक मात्रै पाउनेछन् ।

हाल थपिएका सात कम्पनीको सेयर विटीमा भए वैशाख २५ गते भित्रै विक्री गरिसक्नुपर्ने छ । वैशाख २६ गतेदेखि भने यस्तो कारोबारको राफसाफ अभौतिक हुनेछ ।