सेयर बजारमा ३.८३ अंकको गिरावट, नेपाल लाइफको करिव ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार

बिजमाण्डू
२०७२ बैशाख १० गते ००:०० | Apr 23, 2015
काठमाडौं । सेयर बजारमा साताको अन्तिम कारोबार दिनपनि गिरावट आएको छ । बजार घटेपनि कारोबार रकममा भने क्रमिक सुधार आउन थालेको छ ।
 
सुरुवातदेखि नै घटेको सेयर बजार ३.८३ अंकले गिरावट आएर ९३८ अंकमा सीमित भएको छ । दिनभरीमा १२७ कम्पनीका ६ लाख २९ हजार ८६६ कित्ता सेयर किनबेच भएको छ ।
 
कुल २० करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल कारोबारमध्ये पाँच करोड ८६ लाख रुपैयाँ बराबरको नेपाल लाइफको र दुई करोड पाँच लाख रुपैयाँ बराबरको नेशनल लाइफ इन्स्योरेन्सको सेयर किनबेच भएको छ ।
 
बजारमा ८९ लाखको एभरेष्ट बैंकको, ८३ लाखको नेपाल टेलिकमको र ८२ लाखको चिलिमेको सेयर किनबेच भएको छ । एबी बैंकको ७६ लाख र प्रभु बैंकको ५५ लाखको सेयर किनबेच भएको छ ।
 
होटल, उत्पादन र अन्य समूहका सुचकमा सामान्य बृद्धि आएपनि समग्र बजार बिमा र बैंकिङले घटाएका हुन् । बिमा ३९.५९ अंक र बैंकिङ ३.२७ अंकले घटेको छ । जलविद्युत् पनि १५.७५ अंक, व्यापार ०.४९ अंक, विकास बैंक ३.४ अंक र फाइनान्स ०.३१ अंकले घटेको छ ।

Tata
GBIME
Nepal Life