डलर फेरि १०२ को हाराहारीमा उक्लियो, शुक्रबारका लागि राष्ट्र बैंकको दर १०१ रुपैयाँ ६२ पैसा कायम

बिजमाण्डू
२०७२ बैशाख ११ गते ००:०० | Apr 24, 2015
डलर फेरि १०२ को हाराहारीमा उक्लियो, शुक्रबारका लागि राष्ट्र बैंकको दर १०१ रुपैयाँ ६२ पैसा कायम


काठमाडौं । भारतीय मुद्रा कमजोर भएपछि अमेरिक डलरको मूल्य १०१ रुपैयाँ ६२ पैसा पुगेको छ । गत  सातासम्म ९९ रुपैयाँको हाराहारीमा रहेको डलरको मूल्य करिव दुई रुपैयाँले बृद्धि भएको हो ।
 
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि डलरको मूल्य करिव १०२ रुपैयाँ कायम गरेको हो ।

Tata
GBIME
Nepal Life

भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीच स्थिर विनिमय दर भएकाले डलर बलियो हुँदा भारु कमजोर हुन्छ । स्थिर विनिमय दर एक सय भारु बराबर नेपाली १६० रुपैयाँ हुने हुँदा डलर बलियो हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ ।

 
अमेरिक रोजगार दर बढेको र सुन तथा युरो कमजोर भएपछि डलर महँगिएको हो ।

सुनपछि सबैभन्दा सुरक्षित लगानीका रुपमा डलरलाई लिइन्छ । सुनको मूल्य केही घटेपछि डलरमा लगानीकर्ताको आकर्षण वढ्छ । यसैका कारण डलर बढेर नेपाली रुपैयाँ कमजोर भएको हो ।